गोदावरी पुष्प मेलामा कृषि सञ्चारकर्मीहरुलाई सम्मान गरिने

फ्लोरिकल्चर एशोसिएसन फ्यान कास्कीले पोखरामा रहेर कृषि पत्रकारिता गर्दै आएका कृषि संञ्चारकर्मीहरुलाई सम्मान गर्ने भएको छ । 
संस्थाले यही कार्तिक १४ गतेदेखि १७ गतेसम्म पोखराको सभागृहमा आयोजना हुने दोश्रो गोदावरी मेलाको अवसरमा ति सञ्चारकर्मीहरुलाई सम्मान गर्ने भएको हो । 
सम्मानका लागि छनौट गर्न संस्थाका उपाध्यक्ष कृष्णवहादुर कार्कीको संयोजकत्वमा छनौट समिति निर्माण गरेको छ । सो समितिले कृषि क्षेत्रलाई प्राथमिकता दिने संचारसंस्था, रेडियो कृषि पत्रकार र टेलिभिजन कृषि पत्रकारिता गर्ने व्यक्तिलाई चयन गर्ने अध्यक्ष दयाकुमार द्धाले जानकारी दिए । त्यसै गरी संस्थाले मेलाको अवसरमा मिडियचर, स्पाईडर, रिफ्लेक्स, इन्टरमिडियट र उत्कृष्ट स्टललाई पनि सम्मान गर्ने अध्यक्ष द्धाले जानकारी गराएका छन् । 
कमेन्टहरु
Loading...