पूर्व पत्नीलाई जवरजस्ती करणी गर्ने पक्राउ

सागर राज तिमिल्सिना
पोखरा, २८ चैत्र /जिल्ला प्रहरी कार्यालय कास्कीले पुर्व पत्नीलाई जवरजस्ती करणी गरेको आरोपमा टंक पाईजालाई पक्राउ गरेको छ ।

म्याग्दीको पाखापानी गाविस वडा नं २ बस्ने बर्ष ३३ को टंक पाईजाले पूर्व पत्नी बलत्कारको आरोपमा पक्राउ गरेको हो । चैत २७ गते सांझ पोखरा उपमहानगर पालिका वडा नम्बर ४ बस्ने आफनै पूर्व पत्नीलाई फेला पारी जवरजस्ती आफनो मोटरसाईकलमा राखी नदीपुरमा लगि यातना दिई जवरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।

घटना पश्चात राती पिडितलाई केआईसिंह पुलबाट फाली मार्छु भनी फिर्केपुल सम्म लगेको त्यहाँबाट महिला भाग्न सफल भएको प्रहरीले जानकारी दिएको छ । महिलाले प्रहरीमा उजुरी दिए पछि पोखरा ४ बाट घटनामा संलग्न टंक पाईजालाई पक्राउ गरी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...