पोखरामा पाँच जनामा कोरोना परीक्षण, २ संक्रमण देखिएन

पोखरा, १ चैत / गण्डकी प्रदेशको म्याग्दी र कास्कीको पोखरामा ५ जनाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा परिक्षण गरिएको छ ।

म्याग्दीका एक जना र पोखराका एक जनाको व्यक्तिको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद बिन्दु शर्माले जानकारी दिए ।

ती व्यक्तिको रगतको नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको रिर्पोट नेगेटिभ आएको उनले बताए । ती मध्ये एक जना कोरियाबाट फर्किएको उनले बताए । उनले अन्य तीन जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । उनीहरुलाई क्वारेन्टाइनमा राखीएको उनले बताए ।

निर्देशक शर्माले कोरोना भाइरसको संक्रमण भएका र शंकास्पद ब्यक्तिहरुलाई राख्न पोखराका विभिन्न अस्पतालमा ७० बेडको आइसोलेसन तयार गरेको बताए ।

कमेन्टहरु
Loading...