प्रेस चौतारीले अन्तक्र्रिया गर्ने

पोखरा, १८ साउन/स्थानीय निकाय पुर्नसंरचनाको काम भइरहेको बेलामा प्रेस चौतारी नेपाल कास्की शाखाले ‘कस्तो हुनुपर्छ गाउँपालिका र नगरपालिका ’ विषयक अन्तक्र्रिया गर्ने भएको छ ।

प्रेस चौतारी कास्कीको मंगलबार बसेको बैठकले साउन २२ गते शनिबार कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष माधव बरालले जानकारी दिए । बरालका अनुसार स्थानीय निकायसँग सरोकारवाला निकाय, राजनीतिक दल,सञ्चारकर्मी लगायतको कार्यक्रममा सहभागीता रहनेछ । कार्यक्रम सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा हुनेछ ।

यसैगरी प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७२ को प्रतिभा छनोट समिति पनि बैठकले गठन गरेको छ । समितिको सदस्यमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य श्यामनाथ कुँवर, प्रेस चौतारीका पूव सचिव दुर्गा भण्डारी र प्रेस चौतारी कास्कीका सल्लाहाकार दीपेन्द्र श्रेष्ठ छन भने समितिमा प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल र सचिव अर्जुन गिरी पदेन सदस्य छन् । प्रेस चौतारी कास्कीले सञ्चालन गरेको उक्त पुरस्कार प्रत्येक वर्ष वितरण गर्ने गरिएको छ ।

कमेन्टहरु
Loading...