प्रतिभा र अटोवेजको झण्डा सगरमाथाको शिखरमा

पोखरा, २७ जेठ/पोखराको अटोवेज प्रालि र प्रतिभा माध्यमिक विद्यालय पोखराको लोगो तथा झण्डा सर्वोच्च शिखर सगरमाथामा पुगेको छ ।

आरोही गोपाल श्रेष्ठले अटोवेज र प्रतिभाको लोगो र झण्डालाई सगरमाथाको शिखरमा पु¥याएका हुन् । ५६ वर्षीय श्रेष्ठ एचआइभी संक्रमित हुन् ।

हिम्मतका साथ सगरमाथा चढेर कीर्तिमान बनाएका श्रेष्ठले अटोवेज र प्रतिभाको लोगो तथा झण्डा सगरमाथा पु¥याउँदा आफू निकै उत्साही भएको अटोवेजका प्रवन्ध निर्देशक तथा प्रतिभाका अध्यक्ष नारायण पौडेलले बताए ।

‘गोपाल जी निकै सहासी र हिम्मत भएको मान्छे हो,’ उनले भने, ‘उहाँले हाम्रो प्रतिष्ठानको लोगो र झण्डा सर्वोच्च शिखरमा पु¥याएर प्रदर्शनी गर्दा हामी निकै गर्व महसुस गरिरहेका छौं ।’

कमेन्टहरु
Loading...