पुष्पकोमल दाहाल पुत्र प्रकाश दाहाललाई हृदयाघात

काठमाडौ, ३ मंसिर /पुर्वप्रधानमन्त्री पुष्पकोमल पुष्पकोमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतको भनाई छ ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

कमेन्टहरु
Loading...