बैद्य मोर्चाका माग पुरा गर्न सकिन्न–प्रचण्ड

सागर राज तिमिल्सिना
पोखरा, २२ साउन/एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अध्यक्ष मोहन बैद्य नेतृत्वको मोर्चाका माग सम्बोधन गर्नै नसकिने बताएका छन् । बैद्य नेतृत्वको मार्चा र उच्चस्तरीय राजनैतिक संयन्त्रबीच मंगलबार पहिलो पटक वार्ता भएको छ ।
1146445_370912786345640_1768959740_nमार्चासंग वार्ता गरे लगत्तै पोखरा आएका उच्चस्तरीय राजनैतिक संयन्त्रका संयोजक प्रचण्डले क्रान्तिकारी पत्रकार संघ कास्कीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा बैद्य मोर्चाका माग गम्भीर प्रकृतिका भएको बताए । ‘११ बुँदे र २५ बुँदे सम्झौता परिमार्जन मात्र गर्न सकिन्छ, खारेज गर्न सकिन्न । सरकारले राजीनामा दिन कुनै सम्भावना छैन भने मंसिर ४ गतेका लागि घोषित निर्बाचन स्थगित गर्न पनि सकिन्न ।’ प्रचण्डले भने ।
पटक पटक पत्र पठाए पछि पहिलो पटक उच्चस्तरीय राजनैतिक संयन्त्र र बैद्य नेतृत्वको मोर्चा वार्तामा बसेको हो । पहिलो वार्तामा ३३ दलीय मोर्चा निर्बाचन गर्ने प्रति सकारात्मक नदेखेका प्रचण्डले बुधबार उच्चस्तरीय राजैनकि संयन्त्रको बैठक बसेर ‘बटम लाइन’ दिइने बताए । “उनीहरुको मागलाई कुन हदसम्म पुरा गर्न सकिन्छ भन्ने बटम लाईन भोली नै दिन्छौं । थप दुई तीन दिनमा उहाँहरु चुनावमा आउने नआउने सबै कुरा टुङ्गिन्छ ।’ उनले भने ।
मंगलबार उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासंग समेत वार्ता गरेका प्रचण्डले उपेन्द्र यादव र अशोक राई नेतृत्वको पार्टीहरु भने निर्बाचनमा सहभागी बन्ने बताए । उनले राई र यादव नेतृत्वको समुहका माग सम्बोधन गर्न सकिने खालका भएको र उहाँहरु लचिलो बन्दै आएको दावी समेत गरे । क्षेत्र निर्धारण र समानुपातिकका विषयमा उच्चस्तरी संयन्त्र लचिलो बन्ने संकेत प्रचण्डले दिए ।

कमेन्टहरु
Loading...