पृथ्वीनारायण क्याम्पसका विद्यार्थीसँग प्रभुको वित्तीय साक्षरता

पोखरा, १३ फागुन /प्रभु बैंक बगर शाखाले सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदात्यिव अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा बिबिए अध्ययनरत विद्यार्थीसँग कार्यक्रम गरेको हो ।

क्याम्पसमा अध्यनरत विद्यार्थीलाई लेखा व्यवस्थापन, बैंकिङ सेवा तथा सुविधा र बैंकको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकका शाखा प्रबन्धक हेमन्तबाबु आचार्यले जानकारी दिए । विद्यार्थीमा रकमको महत्व, बचत र उचित सदुपयोगबारे जानकारी हुन आवश्यक भएकाले कार्यक्रम आयोजना गरेको बैंकले बताएको छ ।

कार्यक्रममा विश्वमा वित्तीय सारक्षरताको अवस्था, नेपालमा यसको स्थिति, पूँजी, बचतको महत्व, बैंक खाता, बैंक कर्जा, बजेट निर्माण, बजेट निर्माणको आवश्यकता, डेबिट कार्ड, क्रेडिट कार्ड, एटीएम कार्ड, चेक बुक लगायतका विषयमा समेत प्रशिक्षण दिइएको उनले जनाए ।

कमेन्टहरु
Loading...