पोखरामा रोटरी सम्मेलन जारी, शनिबार पोखरामा निकालिएको पोलियो सचेतना ¥याली

पोखरा, २५ माघ/ पोखरामा शुक्रबारदेखि शुरु भएको रोटरी सम्मेलन आइतबार सकिदैछ । रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट सम्मेलनको अन्तिम दिन आइतबार घोषणा पत्र जारी गर्दै रोटरी सम्मेलन सम्पन्न हुने कन्फिरेन्स चेयर गोपाल धोजुले जानकारी दिए । अन्तिम दिन रोटरीको विधान, नियम र अडिट पासबारे छलफल गर्दै पारित भएपछि सम्मेलन सकिने उनले बताए ।

पोखरा नयाबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु रोटरी सम्मेलनको दोश्रो दिन शनिबार रोटरीले गरेका कामहरुको समीक्षा गरिएको थियो । रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ ले वर्ष २०१९/२० मा गरेका कामहरुको समीक्षा गरिएको डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए । त्यस्तै आगामी दिनमा रोटरीले गर्नुपर्ने काम र योजनाका बारेमासमेत छलफल भएको उनले बताए ।

सो अवसरमा बरिष्ठ हास्य कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले रोटरी क्लवले गरेका कामहरुका बारेमा प्रशंसा गर्दै आगामी दिनमा रोटरीले समता स्कुलमा सहयोग गरेर निःशुल्क शिक्षाका लागिपनि योगदान गर्नुपर्नेमा जोड दिए ।

शनिबार रोटरी इन्टरनेसनल ३२९२ का पूर्व डिष्ट्रिक्ट गभर्नर केशव कुँवर, रत्नमान शाक्य र भारतीय रोटरीयन विनोद वंशलले द रोटरी फाउण्डेसन र यसले पोलियो उन्मुलनका लागि गरिरहेको कामबारे प्रस्तुती दिएका थिए । त्यस्तै, रोटरीले शिक्षा, स्वास्थ्य, वातावरण, खानेपानी, शान्ति स्थापनालगायतमा गरिरहेको योगदानको समीक्षासमेत शनिबार गरिएको कन्फिरेन्स चेयर गोपाल धोजुले जानकारी दिए ।

उनका अनुसार रोटरीको सदस्यता वितरण, सदस्यले गर्नुपर्ने काम र कर्तव्य तथा जिम्मेवारीका बारेमा शनिबार डिष्ट्रिक्टका मेम्बरसीप चेयर राजेन्द्र शाक्य, सपन चौधरी र भारतीय रोटरीयन मनोज देसाईले प्रस्तुती दिए । त्यस्तै रोटरी क्लव र स्थानियबीचको सम्बन्ध, रोटरीलाई जनतामाझ कसरी स्थापित गर्ने ? र रोटरीले गरेका कामको प्रचार कसरी गर्ने भन्नेबारेमासमेत उनीहरुले प्रस्तुती दिएका थिए ।

सम्मेलनमा करीब २ हजार रोटरीयनहरु सहभागि भएको आयोजकले जनाएको छ । नेपालमा १२४ रोटरी क्लव तथा भुटानमा रहेको एउटा रोटरी क्लवका सदस्यहरु सम्मेलनमा सहभागि छन् । सम्मेलनमा रोटरियनबाहेक अमेरिका, जापान, ताइवान, अमेरिका, स्विडेनलगायतका देशका रोटरियनहरुपनि सहभागि भएको आयोजकले जनाएको छ ।

यसैबीच, रोटरी सम्मेलनको अवसरमा पोखरामा शनिबार पोलियो सचेतना ¥याली निकालिएको छ । रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट सम्मेलनको दोश्रो दिन पोखरामा पोलियो ¥याली सचेतना निकालिएको हो । रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को आयोजना, गण्डकी प्रदेशका १६ रोटरी क्लवहरुको सहकार्य तथा रोटरी क्लव अफ पोखरा न्यूरोडको संयोजनमा ¥याली निकालिएको हो ।

पोखरा उद्योग वाणिज्य संघको कार्यालय गैह्रापाटनबाट निस्किएको पोलियो सचेतना ¥याली पालिखेचोक, महेन्द्रपुल, नयाबजारहुँदै सम्मेलन स्थल प्रदर्शनी केन्द्र नयाबजारमा पुगेर समापन भएको थियो । ¥यालीमा सहभागिहरुले पोलियो अन्त्य गरौं, पोलियो उन्मुलनमा हातेमालो गरौं, पोलियोप्रति सचेत हौं, नेपाललाई पोलियोमुक्त बनाऔंंलगायतका नाराहरु लेखिएका प्लेकार्ड तथा ब्यानरहरु बोकेका थिए ।

¥यालीमा रोटरीसँग सम्बद्ध क्लवहरुको सहभागिता रहेको थियो । पोलियो उन्मूलनमा रोटरीले खेलेको भूमिकाको सम्झना स्वरुप हरेक रोटरी सम्मेलनको अवसरमा ¥याली निकालिने गरेको र यस पटकपनि निकालिएको रोटरी इन्टरनेसनल ३२९२ का डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...