प्रहरीको काम पनि अपहरण र फिरौतीको धन्दा

काठमाडौ, १५ चैत/जनताको जीउधनको सुरक्षा गर्ने प्रहरी आफैँले सर्वसाधरण नागरिलाई अपहरण गरी फिरौती असुल्ले धन्दा चलाइरहेका छन भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।
police -Nepal-Police-Logoतर, १० वर्षदेखि प्रहरी सेवामा रहँदै आएका एक प्रहरी जवानले प्रहरी आचरण र नियमविपरित यस्तो धन्दा सञ्चालन गर्द आएको पाइएको आजको राजधानी दैनिकमा समाचार छ । प्रहरी जवान अरविन्द सिंहको यस्तो धन्दा उनी पक्राउ परेपछि मात्रै बाहिर आएको हो ।

अपराधिक मानसिकताका व्यक्तिहरुसँग मिलेर अपरहण तथा शरिर बन्धक बनाई फिरौती लिएको प्रमाणका आधारमा हाल उनी पर्सा प्रहरीको हिरासतमा छन । पर्सा प्रहरी प्रमुख एपी राजुबाबु श्रेष्ठले प्रहरी जवान सिं पर्साको झौवागुठी गानिस ६ घर भई हाल वीरगञ्ज उपनगरपालीका १९ बस्ने २७ वषिर्य राजुकुकार शाह कानुलाई अपरहणगरी फिरौती लिएको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।

कमेन्टहरु
Loading...