पोखरामा शुक्रबार हुने नेपाल स्पोर्टस फिल्म फेस्टिभलको तयारी पुरा

पोखरा, १६ वैशाख/पोखरामा नेपाल पर्यटन बोर्डको आयोजनामा शुक्रबार नेपाल स्पोर्टस फिल्म फेस्टिभलको तयारी पुरा भएको छ । फेस्टिभलमा नेपालका ४ वटा खेलकुद सम्बन्धी निमार्ण भएका वृत्तचित्र देखाइने छ भने वृत्तचित्र निमार्ण सम्बन्धी छलफल समेत हुने बिहीबार पोखरा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पोखरामा शुक्रबार हुने नेपाल स्पोर्टस फिल्म फेस्टिभलको तयारी पुरा
पोखरामा शुक्रबार हुने नेपाल स्पोर्टस फिल्म फेस्टिभलको तयारी पुरा

खेलकुद र फिल्मलाई जोड्ने माध्यमको रुपमा अगाडी वढाउनु स्पोट्र्स फिल्म फेस्टिभलको उद्देश्य रहेको नेपाल पर्यटन बोर्ड पोखराका बरिष्ठ अधिकृत सूर्य थपलियाले जानकारी दिए । कार्यक्रमको निरन्तरताले नेपालमा खेलकुद फिल्म बनाउने विषयमा नौलो आयाम थपिने उनको विश्वास थियो । फेस्टिभलमा निर्देशक भोजराज भाटले निर्देशन गरेको सुनकली, गिरीश गिरीले निर्देशन गरेको टिम नेपाल, सूर्य थपलिया निर्देशन गरेको वियोण्ड द बाउण्ड्री र विजय गजमेरले निर्देशन गरेको आकाश प्रर्दशन हुने छन् ।

सोही कार्यक्रममा पोखराका फोटो पत्रकार सुदर्शन रन्जितले खिच्नु भएको फोटोको पोस्टर अनावरण गर्ने कार्यmक्रम रहेको थपलियाले जानकारी दिए । सो फोटो सन् २००७ का लागि आइसिसिको एसिसि क्षेत्रीय अवार्ड पाउन सफल भएको थियो । फेस्टिभलको दोस्रो चरणमा पोखराको खेलकूद र खेल पर्यटनका बिषयमा विधागत छलफलको कार्यक्रम रहेको उनले बताए ।
उनले जनस्तरमा खेलकुदको विविध पक्षहरु, खेलाडी र खेल क्षेत्रका अनेक लुकेका राम्रा नराम्रा, खुशी पीडा र अनेक खाले तरंगहरु सार्वजनिक रुपमा ल्याउनु पर्ने उनको भनाई थियो । फेस्टिभलको अर्को आकर्षण सहभागीहरुलाई वृत्तचित्र निर्माणका विबिध पक्षहरुको ज्ञान दिने उधेश्य सहित कार्यशाला आयोजना गरेको उनको भनाई थियो । कार्यशालामा चर्चित निर्देशक मनोज पण्डित, र मण्डला थिएटरले सघाउने छन् ।

कमेन्टहरु
Loading...