पोखरा स्पोर्टस् अवार्डमा पूर्व अध्यक्ष घलेले सघाउने

पोखरा १८ फागुन  / नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले जापानबाट आएका संस्थाका पूर्व अध्यक्ष मोहन घलेलाई स्वागत गरेको छ । पाँच वर्ष जापान बसेर एक महिनाका लागि पोखरा फर्केका घलेलाई मञ्चले एक कार्यक्रम गरी स्वागत गरेको हो ।सो अवसरमा पूर्व अध्यक्ष घलेले लामो समय निस्क्रिय मञ्चलाई आफू र साथीहरु मिलेर पुनः गतिशिल बनाएको स्मरण गर्दै मञ्चले छोटो समयमै आफूलाई स्थापित गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

‘जापान बसेर पनि मैले त्यहाँ पत्रकारिता पेशा छोडेको छैन । शैली मात्रै फेरिए । यहाँको पत्रकारिताको अवस्था पनि बुझिरहेको छु ।’ – घलेले भने– ‘मञ्चल पछिल्लो वर्षहरुमा आफुलाई स्थापित गर्न सफल भएको छ । यहाँ कुनै संस्थाले गर्न नसकेको स्पोर्टस् अवार्ड गरेको छ ।’ उनले आफुले पहिल्यै यो योजना बनाएको जनाउँदै मञ्चले गर्ने स्पोर्टस् अवार्डमा आफ्नो नैतिक, आर्थिक सबै सहयोग रहने बताए । उनले पत्रकार महासंघ केन्द्रमा एशोसियट्सको हैसियतमा सिधै केन्द्रिय सदस्य पाउने अवस्था रहेकाले सोहि अनुसार अघि बढ्न प्रेरित गरे ।

यस्तै, पूर्व अध्यक्ष विनोद लामिछानेले घलेपछि मञ्चको नेतृत्व लिएको सम्झँदै आज झण्डै पाँच दर्जन पत्रकार मञ्चमा आबद्ध हुनु खुशीको कुरा भएको बताए । मञ्चका अध्यक्ष केशव पाठकले पूर्व अध्यक्षहरुको साथ सहयोगले नै मञ्चका गतिविधि प्रभावकारी हुने भन्दै धन्यवाद ज्ञापन गरे । कार्यसमिति सदस्य नारायण शाहीको उपचारका लागि १० हजार प्रदान गर्दै सुरु भएको संकलन अभियानमा ६२ हजार सात सय हस्तान्तरण भएको जानकारी दिए ।

पोखरा स्पोर्टस् अवार्डमा पूर्व अध्यक्ष घलेले सघाउने

यस्तै, मञ्चले नेपाल पत्रकार महासंघ कास्कीको दशौं अधिवेशनमा मञ्चका उपाध्यक्ष दिननाथ बराल सहसचिवमा, सचिव रञ्जन अधिकारी कार्यसमिति सदस्य, सदस्यद्वय सुरज श्रेष्ठ र गीता राना मगर कार्यसमिति सदस्य पदमै, संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष विनोद लामिछाने केन्द्रिय पार्सद, पूर्व सचिव एकराज गिरी कार्यसमिति सदस्य, साधारण सदस्य सुरेन्द्र पौडेल कार्यसमिति सदस्य, साधारणसदस्यहरु कृष्णमणि बराल, दुर्गा अधिकारी, कृपा भण्डारी, एमबी आस्था, ईन्द्र पौडेल, रतन गुरुङ केन्द्रिय पार्सदमा निर्वाचित भएकोमा बधाई समेत ज्ञापन ग¥यो ।  गत वर्ष जेठ १ गते सम्पन्न भएको पोखरा स्पोर्टस् अवार्ड यसपटक स्थानीय तह निर्वाचनका कारण मिति केहि पछि धकेलिने सचिव रञ्जन अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...