पोखरा प्रिमियर लिगमा पासर टिमलाई चितवनलाई हराउदै बुटवलले

पोखरा, १० कात्तिक / पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोसलाई सोमपाल कामीको कप्तानीमा रहेको बुटबल ब्लास्टर्सले ७० रनले हराएको छ ।

बुटवलका सोमपाल कामी र ललितसिंह भण्डारी बलिङमा चम्किएपछि चितवनले हार व्यहोरेको हो । चितवनल राइनोजले टस जितेर फिल्डिङ रोजेपछि बुटवलले पहिले ब्याटिङ गरेको थियो । बुटवलल २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाउदै १३६ रनको लक्ष्य चितवनले पाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको चितवन १६.५ ओभरमा ६५ रन बनाउदा सबै विकेट गुमाएको थियो । चितवनका लागि भुवन कार्कीले बनाएको १९ रन नै उच्च स्कोर रह्यो कप्तान पारस खड्काले १० रन बनाए अन्य व्याट्सम्यानले दोहोरो अंकको बनाउन सकेनन । चितवनका ३ ब्याट्सम्यान शून्य रनमै आउट भए ।

चितवनलाई धरासायी बनाउने क्रममा बुटवलका लागि कप्तान सोमपाल कामीले ४ विकेट लिए भने ललितसिंह भण्डारीले २ विकेट लिए । पहिले ब्याटिङ गरेको बुटवलका लागि शंकर रानाले ४८ र सागर पुनले ४६ रनको योगदान गरेका थिए । चितवनका लागि बलिङतर्फ करण केसीले २ विकेट लिएका थिए । शनिबारको अर्को खेल खेल काठमाडौं र धनगढीबीच चलिरहेको छ ।

माछापुच्छ्रेको आगनमा विश्वकपको ट्रफी

https://ganthan.com/featured/machhupachra-icc-award/

आईसिसी क्रिकेट विश्वकपको ट्रफी देखाउदै पारस खड्का

आईसिसी क्रिकेट विश्वकपको ट्रफी देखाउदै पारस खड्का

Posted by Ganthan.com on Friday, October 26, 2018

कमेन्टहरु
Loading...