नयाँ सिलिण्डरको बिक्रीले पोखरामा ग्यास अभाव, गृहलक्ष्मी र बाबाले नयाँ सिलिण्डर विक्री गरे

पोखरा, २२ वैशाख/ग्यास उद्योगले नाफा कमाउने उद्देश्यले भूमिगत बिक्रेता नियुक्त गरी नयाँ सिलिण्डर बिक्री वितरण गरिरहेका कारण उपभोक्ताले ग्यासको मार खेप्नु परेको व्यास विक्रेताहरुले बताएका छन् ।

नयाँ सिलिण्डरको बिक्रीले पोखरामा ग्यास अभाव
नयाँ सिलिण्डरको बिक्रीले पोखरामा ग्यास अभाव

एलपी ग्यासको माग अनुपातमा नै आएको भएपनि कम्पनीले भुमिगत विक्रेता खडा गर्दा अभाव भएको ग्यास बिक्रेता सघंका जिल्ला अध्यक्ष नारायणप्रसाद पौडेल बुधबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । पुराना वितरक र बिक्रेतालाई ग्यास उपलब्ध नगराइ नयांँ सिलिण्डर डिपो खडा गर्दा पुराना वितरक र बिक्रेताको लगानी जोखिममा परेको पौडेलले जानकारी दिए । विभिन्न ग्यास उद्योगले अभावको मौका छोपी कालोबजारीलाई गरेको उनको आरोप थियो ।

पोखरामा गृहलक्ष्मी ग्यास र बाबा ग्यासले पुरानालाई ग्यास नदि नयाँ सिलिण्डर बेचेको ग्यास विक्रेता महासंघका बालकृष्ण कोइरालले बताए । उनले पोखरामा गृहलक्ष्मी ग्यासले करिब १० हजार र बाबा ग्यासले करिब ४ हजार नयाँ सिलिण्डर बेचेको कोइरालाको आरोप थियो । उनले बेच्न त अरु कम्पनीले पनि बेचेका छन् तर दुई कम्पनीले पुरानालाई बाड्नै छाडेर नयाँ सिलिण्डर बेचेको उनको भनाई थियो ।

हप्तामा एक हजार २ सय भन्दा बढी सिलिण्डर बिक्री गर्दै आएकोमा हाल उद्योगले १ सय ५० भन्दा बढी सिलिण्डर नपाएको धारणा राखे। ग्यास बिक्रेता सञ्जीवबहादुर कोइरालाले पुराना बिक्रेताका खाली सिलिण्डर नभरिएसम्म अन्य उपभोक्तालाई ग्यास दिन नहुने बताए।

नेपाल आयल निगमले कास्कीमा स्थापित दुई उद्योगलाई गण्डकी र धवलागिरी अञ्चलका लागि ४ सय ५० देखि ५०० मेट्रिक टन ग्यास उपलब्ध गराउँदै आएको र यो अपुग भएपछि अरु ठाउँका उद्योगले आफ्ना ग्यासका सिलिण्डर बिक्री गर्दै आएका छन्। कास्कीमा एक लाख २० हजार सिलिण्डरको माग रहेको र जिल्लाका ६५ वटा बिक्रेतामार्पmत ग्यास बिक्री हुने गरेको बताइएको छ ।

कमेन्टहरु
Loading...