पोखरा अच्छे, डान्स रेष्टुरेण्ट वाले बदमास् !

पोखरा, २० चैत /भारतको उत्तर प्रदेशबाट पोखरा घुम्न आउने भारतिय पर्यटकहरुले पोखराका डान्स रेष्टुरेण्टहरुले बढी ठग्ने गरेको गुनासो गरेका छन् । पोखरा मनोरञ्जनकै लागि आउने र त्यसका लागि पोखरामा आफुहरुको पहिलो गन्तब्य डान्स रेष्टुरेण्टनै हुने गरेको पनि उनिहरुले लुकाउन चाहेनन् ।

आजको हटलाइन दैनिकमा खबर छ । “पोखरा बहुत अच्छे हे ! लेकिन वो डान्स रेष्टुरेण्ट वाले बदमास् । मेन्यू मे एक रेट लिखकर बिल दो गुना बढाते थें ।”–नेपाल घुमेर फर्किएका एक भारतियले लखनउमा पोखरा राम्रो भए पनि डान्स रेष्टुरेण्टमा ठगिएको वताए । उनले खाँदै नखाएको जुस, वाइन र बियरको बिल डान्सरले खाएको भन्दै डान्स रेष्टुरेण्टबाट ठगी भएको गुनासो पोख्दै थिए ।

पोखरामा रहेका एक दर्जन डान्स रेष्टुरेण्टका प्रमुख ग्राहकनै भारतिय पर्यटक हुन् । डान्स फ्लोरमा डान्सरलाइ पैसा टिप्स फाल्ने देखी बढी बिल तिर्नेमा उनिहरुनै अगाडी हुन्छन् । भारतबाट घुमेर फर्केका पर्यटकहरुको प्रायः सामूहिक यस्तै गुनासो रहने गरेको बनारसमा तिस बर्ष देखी पर्यटन ब्यवसायमा आबद्ध हरि अर्यालले वताए । “उत्तर प्रदेशमा सहजै मदिरा पाइदैन । पोखरामा नर्तकीहरुको डान्स हेरेर मदिरा पिउनुनै उनिहरुको आकर्षणको केन्द्र हो ।” अर्यालले उत्तर प्रदेशबाट पोखरा घुम्न आउने पर्यटकहरुको चरित्र सुनाए ।

बरु मेन्यूनै बढाएर लगाए उनिहरुले जती पनि पैसा तिर्ने तर बिल तिर्दा खाएको भन्दा बढी आउँदा उनिहरुको मन दुख्ने गरेको अर्यालको भनाइ छ । चलिए पोखरा अभियानको नेतृत्व लिएर नेपालका सीमावर्ती शहरमा पुगेका पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरत पराजुलीलाइ आफ्नै होटलमा बस्ने भारतिय पर्यटकहरुको गुनासो आफुले पनि भारतमा गएर सुन्नु परेकोमा दुःख लागेको रहेछ ।

“औपचारीक कार्यक्रममा भन्दा त्यसपछि अनौपचारीक कुराकानीमा भारतबाट नेपाल पठाउने ट्राभल्स एजेण्टहरुले यस्तो कुरा कानपुर, बनारस र लखनउमा मात्र हैन । नेपालकै भैरहवाका हाम्रै नेपाली ट्राभल्स एजेण्टबाट पनि सुन्न प¥यो ।” पराजुलीले भारत भ्रमणको अनुभव सुनाए । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक बिरेन्द्र गोदारले भारतिय ग्राहकहरु आफ्नै कारणले ठगीने गरेको वताए । “एउटा टेबलमा बस्ने भारतियले एउटा बियर मगाएर खान नपाउँदै त्यही टेबलमा दश जना केटीहरु आएर जुश खाइसकेका हुन्छन् । अनि वाइनको बिल बनाएर ल्याउछन् ।”

डान्स रेष्टुरेण्टहरुमा हुने ठगीको प्रकेति बारेमा सुनाउँदै गोदारले रक्सीले मातेर धेरै डान्सरहरु आफ्नो टेबलमा बोलाउँदा, यस्तो समस्या आउने हुँदा सुरुमै सचेत हुन सुझाए । गोदारका अनुसार खाएको भन्दा बढी बिल कसैले लिएको गुनासो आउछ भने प्रहरीले त्यस्तालाइ कारबाही गर्छ ।  पोखरा डान्स बार एशोयिसन अध्यक्ष लक्ष्मण गुरुङ भारतिय पर्यटककै कारण त्यस्तो हुने गरेको वताउछन् । “उनिहरु बधुवा साँढे छाडे जस्तो बढी छिल्लिन्छन् । एउटै टेबलमा नबस्ने । टेबल फेरी फेरी रक्सी मागेर खाने र मेन्यू नहेरी डान्सर देख्ने बित्तिकै जे खान मन लाग्छ, खाउ भन्नाले यो भएको हो ।” अध्यक्ष गुरुङले डान्स रेष्टुरेण्टमा छिर्ने बित्तिकै थोरै पिएर पनि उत्तेजित हुने भारतिय पर्यटककै कारण यस्तो समस्या बल्झिएको प्रष्टीकरण दिए ।

उनका अनुसार भारतिय पर्यटक एकै पटक ठुलो गु्रपमा आएपनि, छुट्टा छुट्टै टेबलमा बस्छन् । अनि अन्तमा एउटै टेबलमा बिल माग्दा धेरै आएको ठान्छन् । केही रेष्टुरेण्टमा त्यस्ता समस्या पनि हुन सक्ने भन्दै अध्यक्ष गुरुङले समाधानका लागि भर्खरै खुलेको आफ्नो संस्था क्रियाशिल हुने वताए । राम्रो रक्सी भनेर अर्कै रक्सी दिने लगायतका समस्या रहेका पनि आफुले सुनेको र त्यसलाइ निर्मूल पार्न आफुहरु लाग्ने उनले जानकारी दिए ।

भारतिय पर्यटक बढी छिल्लिने र उनिहरुले डान्सरलाइ बढी दुब्र्यबहार गर्ने गरेको पनि उनको गुनासो छ । भारतिय । घरबाट निस्केपछि छाडा हुन्छन् । १७ १८ जना आउछन् । हेपाहा प्रबृत्ति । केटीहरुलाइ चिमोट्ने । बियर । अर्को टेबलमा । खाएर झल्लिएर । छाडेको गोरु । समस्या हाम्रा पनि छन् ।

कमेन्टहरु
Loading...