पोखरा विमानस्थल पश्चिमाञ्चलको विकासको इञ्जिन

नविन अर्याल/सन्देश श्रेष्ठ
पोखरा, २९ चैत/पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको सपनाले चार दशकपछि मुर्त रुप लिँदैछ । प्रधानमन्त्री केपी ओलीले वैशाख १ गते भव्य समारोहबीच विमानस्थलको शिलान्यास गर्दैछन् ।

पोखरा विमानस्थल पश्चिमाञ्चलको विकासको इञ्जिन
पोखरा विमानस्थल पश्चिमाञ्चलको विकासको इञ्जिन

प्रधानमन्त्रीको भ्रमणमा चीनसँग सहुलियत ऋण सम्झौता भएपछि विमानस्थल बनाउने बाटो खुलेको हो । विमानस्थल बन्ने सुनिश्चितता बढेपछि पोखरेली निकै उत्साहित भएका छन् । पोखरेलीले यो विमानस्थललाई पश्चिम क्षेत्रकै विकासको इञ्जिनका रुपमा लिएका छन् ।

यो विमानस्थल बनाउन लागि पोखरेली संघर्षमै उत्रिएका थिए । पश्चिमाञ्चल क्षेत्रका बासिन्दाले रिले अनसनदेखि सिंहदरबार घेर्नेसम्म काम गरेर विमानस्थल बनाउन दबाव दिएका थिए । आफ्नो संघर्षले मुर्त रुप लिन थालेपछि उनीहरुले खुसी व्यक्त गरेका छन् । विमानस्थल निर्माण गर्नका लागि चीनको एक्जिम बैंकबाट साढे २१ अर्ब रुपैयाँ ऋण उपलब्ध हुनेछ । यो ऋणको २५ प्रतिशत रकम नेपालले अनुदान स्वरुप पाउने छ । अनुदान बाहेकको रकमको नेपालले वार्षिक २ प्रतिशत ब्याज तिर्नुपर्छ ।

यो विमानस्थलले विकासको ढोका खोलिदिने विश्वास गरिएको छ । विमानस्थल सँगसँगै सडक, यातायात, बसपार्क लगायतका थुप्रै पूर्वाधारको विकास गर्नुपर्ने हुँदा पोखराको स्वरुप परिवर्तन हुने पोखरेली बताउँछन् । विमानस्थल सञ्चालनमा आएपछि पर्यटनमा पोखराले फड्को मार्ने पर्यटन व्यावसायीको अपेक्षा छ ।

विमानस्थलको शिलान्यास हुँदैमा पोखरेली ढुक्क भने भएका छैनन् । नेपालमा शिलान्यास भएर रोकिएका धेरै परियोजना रहेको बताउँदै उनीहरुले निर्माण सम्पन्न नभएसम्म निरन्तर दबाव सिर्जना गर्ने बताएका छन् । विमानस्थल ५ वर्षमा निर्माण सम्पन्न गर्ने योजना छ । तर, ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङले साढे तीन वर्षमै सम्पन्न गर्ने दाबी गरेको छ । साभार ःअनलाइन खबरबाट

कमेन्टहरु
Loading...