गुफाडाँडामा पोखरा हिल रेष्टुरेण्ट एण्ड कटेज सञ्चालनमा

पोखरा, ५ चैत/लेकसाइड नजिकै रहेको गुफाडाँडामा पोखरा हिल रेष्टुरेण्ट एण्ड कटेज सञ्चालनमा आएको । युवा व्यवसयी सञ्जय पौडेल र दुर्गा अधिकारी रेष्टुरेण्ट सञ्चालनमा ल्याका हुन् । बुलौदी खोलाको बाटो र जरेवरबाट जान सकिने यो रेष्टुरेण्टबाट पोखराको रमणिय वातावरण तथा सान्त ठाउँ रहेको सञ्चालक सञ्जय पौडेल जानकारी दिए ।

गुफाडाँडामा पोखरा हिल रेष्टुरेण्ट एण्ड कटेज सञ्चालनमा
गुफाडाँडामा पोखरा हिल रेष्टुरेण्ट एण्ड कटेज सञ्चालनमा

उनले शुक्रबार देखि रेष्टुरेण्ट सञ्चालन भएको र नयाँ वर्ष देखि कटेज सञ्चालनमा ल्याउने बताए । ‘सान्त सगँ पारिवारी रुपमा बस्न चाहानेहरुका लागि उपयुक्त छ,’ उनले भने,‘ चराहरुको चिर विर र रोखहरुको छहारी मुनी बसेर खान सकिन्छ ।’ नयाँ वर्ष देखि रात विताउन चाहानेहरुका लागि ४ वटा कटेज समेत तयार हुने बताए ।

‘रेष्टुरेण्टबाट सुरु गरेका छौ,’ उनले भने,‘सेवा ग्राहीको माग अनुसार सेवा थप्दै जाने छौ ।’ उनले पोखराको लेकसाइड, पोखरा बजार, फेवाताल र सान्त प्रकृति नै यसको विषेता भएको बताए । उनले जरेवर र बुलौदी खेलाबाट ७ सय मिटर दुरिमा रहेको बताए ।

कमेन्टहरु
Loading...