पोखरा फाइनान्सको नयाँ कर्जा योजना

पोखरा, १८ फागुन /पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । स्थापनाको १९ औं वर्ष मनाउने क्रममा फाइनान्सले ग्राहकवर्गमा वार्षिक न्युनतम ८.९९ प्रतिशत देखि कर्जा सेवा प्रदान गरेको छ ।

सपनाहरुलाई यथार्थमा परिवर्तन गरौं भन्ने नाराका साथ सर्वसाधारण जनतालाई न्युनतम व्याजदरमा अधिकतम प्रतिफल दिने उदेश्यले उक्त कर्जा सेवा प्रदान गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

उक्त कर्जा योजना अन्र्तगत कर्जा लिन इच्छुक ग्राहकवर्गलाई विशेष गरि आवास कर्जा, हायरपर्चेज कर्जा, पर्यटन कर्जा, कृषी कर्जा लगायतका कर्जामा फाइनान्सले उक्त व्याजदरमा कर्जा प्रवाह गरेको जनाइएको छ ।

चुक्ता पृ्ँजी रु. ४९ करोड ११ लाख १९ हजार २०० रहेको यस वित्तीय संस्थाले निकट भविष्यमा शेयर कर्जाको शुरुवात गर्नुका साथै हालै पोखरा, नयाँबजारमा रहेको आफ्नै भवनमा लघुवित्त विभाग स्थापना गरी विपन्न वर्गको कर्जा प्रवाहमा समेत सरलीकरण गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले जनाए ।

कमेन्टहरु
Loading...