पोखरा महोत्सवमा हालसम्म एक लाख ३३ हजार दर्शक

पोखरा, ६ माघ। युनाईटेड क्लबले पोखरामा आयोजना गरेको चौथो पोखरा महोत्सवमा दर्शकको सहभागिता बढ्दै गइरहेको छ।
महोत्सव पुगेका दर्शकहरु सांस्कृतिक कार्यक्रम, लाइभ पप कन्सर्ट, पोखरा तारा गायन प्रतियोगिता, किनमेल र बाल उद्यानमा रमाउने गरेका छन्।पोखरा अमरसिंहचोक स्थित अमरसिंह नमुना उच्च माविको खेल मैदानमा पुस ३० गतेदेखि आयोजित महोत्सव हालसम्म एक लाख ३३ हजार दर्शकले अवलोकन गरेको प्रचार संयोजक लालकाजी गुरुङले जानकारी दिए। उनका अनुसार महोत्सवमा दर्शकको सहभागिता बढ्दै गइरहेको छ। शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रबद्र्वनको उदेश्यले आयोजना गरिएको महोत्सवमा हालसम्म झण्डै तीन करोडको कारोबार भएको अर्थ संयोजक राजु श्रेष्ठले जानकारी दिए।महोत्सवमा विभिन्न उत्पादनका दुई सय स्टल रहेका छन्। सोमबार लोकदोहोरीतर्फ गायिका राधिका हमाल र लाइभ पप कन्सर्टतर्फ इन्दिरा
जोशीको प्रस्तुतीले दर्शकलाई तताएको थियो। महोत्सवको आकर्षणमा औद्योगिक उत्पादनको प्रदर्शनी र विक्री, पोखरा तारा गायन प्रतियोगिता, दोहोरी, बाल उद्यान, अष्ट्रिच प्रदर्शन, लाइभ पप कन्सर्ट, पुष्पमेला, अटो मेला, पर्यटकीय स्थलको जानकारी र विभिन्न संस्कृतिका झाँकी रहेका छन्।

कमेन्टहरु
Loading...