पाँचौ पोखरा कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिता सफल पार्न क्लवहरु प्रतिबद्ध

पोखरा, १७ चैत/कास्की जिल्ला फुटवल संघको आयोजनामा यहि चैत्र ३० देखि पोखरा रंगशालामा शुरु हुन लागेको पोखरा कपको पाँचौ संस्करण मनकामना दर्शन अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिता सफल पार्न आँफुहरु प्रतिबद्ध भएर लाग्ने संघ कास्कीमा आवद्ध फुटवल क्लवहरुले जनाएका छन् ।

पाँचौ पोखरा कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिता सफल पार्न क्लवहरु प्रतिबद्ध
पाँचौ पोखरा कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिता सफल पार्न क्लवहरु प्रतिबद्ध

संघ कास्कीले आँफु मातहतका क्लवसंग सोमबार गरेको अन्र्तक्रियामा सहभागि क्लवका पदाधिकारीहरुले यस्तो प्रतिवद्धजा जाहेर गरेका हुन् । साथै उनीहरुले प्रतियोगितालाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्न विभिन्न सल्लाह सुझाव पनि दिए ।
कार्यक्रममा बोल्दै प्रतियोगिताका संरक्षक एवं एन्फा केन्द्रिय उप–महासचिव गणेशबहादुर भट्टराईले यस प्रकारको ठूलो प्रतियोगिता सफल पार्नका लागि आयोजकहरुलाई विभिन्न विषयमा तालिमको समेत जरुरत पर्ने बताए ।

‘यस्ता प्रतियोगिताहरुमा आर्थिक एवं व्यवस्थापकिय पक्ष कसरि सवल पार्न सकिन्छ भन्नेमा मोफलसका क्लवहरुलाई तालिमको खाँचो छ, केन्द्रले यसको व्यवस्था मिलाउनु पर्दछ’ उनले भने । आर्थिक रुपमा सफल बन्न आयोजकहरुले नयाँ नयाँ सहयोगीको खोजी गर्नुपर्नेमा उनको जोड थियो ।

क्लवको तर्फबाट बोल्दै नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष धर्ममान सिंह भण्डारीले प्रतियोगितालाई रोचक र दर्शकको दर्शकको मन जित्न उत्कृष्ट टिम ल्याउनुपर्ने बताए । नागढुङ्गा युवा क्लवका विष्णुप्रसाद सुवेदीले सुरक्षा व्यवस्था बलियो पार्नुपर्ने, इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले आर्थिक पारदर्शितामा जोड दिनुपर्ने, नवआदर्श युवा क्लव भण्डारढिकका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले प्रतियोगिता सफल पार्न आयोजकले सबैलाई समेट्नु पर्ने, ड्यामसाइड क्लवका अध्यक्ष पदमबहादुर खड्काले प्रचार प्रसारमा जोड दिनुपर्ने बताए ।

आयोजक संघ कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा प्रतियोगिता संयोजक मिलन गुरुङ्ग, संघका सदस्य रामकृष्ण बाँस्तोला ‘गोर्खाली’ सल्लाहकार मदन केसी, आनन्द रंजित, विनोद लामिछाने लगाएतले बोलेका थिए ।

कमेन्टहरु
Loading...