पोखरा र कुन्मिनबीच विभिन्न विषयमा सम्झौता

पोखरा, २१ भदौ / चीनको कुन्मिन नगरको अन्तर्राष्ट्रिय जनमैत्री संघ तथा पोखरामा रहेको नेपाल चीन  जनमैत्री संघबीच आपसी सहयोग र सहकार्यका विविध विषयमा सम्झौता भएको छ ।  पोखरा पोखरा भ्रमणमा रहेको चीनको कुन्मिन नगरका उपमेयरको नेतृत्वको प्रतिनिधीमण्डल र नेपाल चीन जनमैत्री संघबीचको भेटघाट र छलफलपछि  सहमितपत्रमा हस्ताक्षर भएको हो ।
सहमतिपत्रमा आपसी भाईचारा वृद्धि ,जनस्तरमा सम्बन्ध बिस्तार गर्न तथा पोखरा र कुन्मिन नगरबीच व्यारिक र आर्थिक क्रियाकलापलाई बढावा दिनुको अलावा सूचना, संस्कृति, शिक्षा, विज्ञान तथा प्रविधी र पर्यटनको क्षेत्रमा सहकार्यलाई अगाडि बढाउँदै लैजाने उल्लेख गरिएको छ ।
पाँच वर्षको लागि गरिएको सो सम्झौतामा कुन्मिन नगरको अन्तर्राष्ट्रिय जनमैत्री संघको तर्फबाट परराष्ट्र सम्बन्ध  निर्देशक श्रीमती याङ जिहुवा र नेपाल चीन जनमैत्री संघको तर्फबाट पोखरा उद्योग वाणिज्य संघका समेत अध्यक्ष रहनु भएका विश्वशंकर पालिखेले हस्ताक्षर गर्नुभएको हो ।हस्ताक्षरपछि संघका अध्यक्ष पालिखेले यो सम्झौताले दुई पक्षीय सहयोग आदानप्रदानमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कमेन्टहरु
Loading...