पोखरा बसका नयाँ बस यस्ता, मोवाइलबाटै भाडा दर हेर्न सकिने

पोखरा, 28 जेठ/पोखरा बस व्यवसायी समितिले पोखरामा अत्याधुनिक, सुविधा सम्पन्न र आरामदायीका बस सेवा थप्न गरेको छ । पोखरामा प्रदुषण कम गराउदै विस्थापन नीति अनुसार युरो–थ्रि मापदण्डका सुविधा सम्पन्न अत्याधुनिक बस सेवाहरु संचालन गर्न सुरु गरेको समितिले जनाएको छ ।

 समितिले १४ /१५ बर्ष पुराना बस विस्थापन गरी नयाँ अत्याधुनिक बस सेवा संचालनमा ल्याउन थालेको समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले बताए । सन २००१/२००२ मा पोखरामा संचालनमा आएका ३४ वटा बसलाई विस्थापन गरी सोहि ठाँउमा नयाँ मोडलको युरो–थ्री मापदण्डका साझा बसको अवधारणामा निमार्ण भएको ३५ सिटे लामो बस राख्न सुरु गरीएको सचिव तिमिल्सिनाले जानकारी दिए ।

भारतीय टाटा र आइृसर दुई कम्पनीका उक्त गाडीहरु भारतमै निमार्ण भएकोले पोखरामा संचालनमा आएका यस अघिका माईक्रो बसको तुलनामा धेरै ठुला तथा यात्रु मैत्रि र आरामदायी सुविधा सम्पन्न तथा प्रविधि जडित बसहरु संचालनमा आएको तिमिल्सिनाको दाबी छ । उनका अनुसार हाल पोखरामा छोरेपाटन हुदै लामाचौर क्षेत्रमा तीन वटा नयाँ मोडलका बसहरु संचालनमा आएका छन भने बाँकी ३१ वटा बसहरु करीब दुई साता भित्र पोखरामा आउने बताए ।

पोखरा बसका नयाँ बस यस्ता, मोवाइलबाटै भाडा दर हेर्न सकिने
पोखरा बसका नयाँ बस यस्ता, मोवाइलबाटै भाडा दर हेर्न सकिने

पुराना माईक्रोबस विस्थापन गरी नयाँ बस राख्दा व्यवसायीहरुले प्रति बसमा अप्रत्यक्ष रुपमा ३८ लाख लगानी गरेको सचिव तिमिल्सिनाले जनाए । उनका अनुसार नयाँ गाडीहरु थप्दा पोखराको बस क्षेत्रमा हाल करीब १३ करोड लगानी थपिएको छ । उक्त बसहरुमा ग्लोवल पोजिसन सिस्टम ९जिपिएस०, मोवाईल एव्लिकेशन जडान हुने भएकोले उक्त गाडीहरु कहाँबाट गुड्दैछ, कुन ठाँउमा कतिखेल आउछ, भाडा दर कति जस्ता कुराहरु यात्रुहरुले मोवाईलबाटै थाहा पाउन सक्ने भएको उनले जनाए । जिपिएसको कन्ट्रोल रुम समितिबाटै संचालन गर्ने तयारी गरेको तिमिल्सिनाले जनाए ।

हालका गाडीहरुको सिट ३४ ईन्चको उचाई भएकोले गाडीको सिटमा बस्दा घोडा ठोकिने समेत समस्या नहुने उनको भनाई छ ।समितिले पछिल्लो क्रममा पोखरालाई पर्यटनसंग जोडेर पर्यटनको विकास गराउने उद्धेश्यले पोखराको फेवातालबाट लेखनाथको बेगनासतालमा सिधा वस सेवा संचालनमा ल्याएको छ । त्यसै गरी समितिले पोखराका पर्यटनका गन्तव्यहरुको पहिचान गरी यात्रु सहित पर्यटकहरुलाई लक्षित गरी छुट्टै बस सेवा संचालन गर्ने तयारी गरेको समितिका छ ।

कमेन्टहरु
Loading...