पोर्क महोत्सव स्थल पोखरा रंगशालामा नेपाली सेना द्धारा सरसफाई

पोखरा, ४ चैत्र/पोर्क फेस्टिभलको पूर्व सन्ध्यामा महोत्सव स्थल पोखरा रंगशालामा नेपाली सेनाद्धारा सरसफाइ गरिएको छ । महोत्सव स्थल रंगशालामा बुधवार नेपाली सेना सिद्धिबक्स गण फुलबारीका मेजर बोधराज ढकालको नेतृत्वमा गएको टोलीले सरसफाइ गरेको हो ।

पोर्क महोत्सव स्थल पोखरा रंगशालामा नेपाली सेना द्धारा सरसफाई
पोर्क महोत्सव स्थल पोखरा रंगशालामा नेपाली सेना द्धारा सरसफाई

टोलीले महोत्सव स्थल वरपरका फोहोरहरु संकलन गर्नुका साथै वरपर रहेका ढुंगाहरु समेत हटाएको छ । अफ्ठ्यारा ठाउहरुमा बाटो समेत मर्मत गरेको थियो । चैत्र ५, ६ र ७ गते पोखरामा बंगुर ब्यवशायी संघ कास्कीको आयोजनामा पोर्क महोत्सव हुदैछ । बंगुर ब्यवशायी किसान संगै बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा नै पहिलो पटक आयोजना महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवमा बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुरको मःमः, चाउमिन, सेकुवा, ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुको स्वाद महोत्सवमा आउने दर्शकहरुले लिन पाउनेछन भने महोत्सवको प्रवेश टिकटमा दर्शकहरुले टिकट बरावरको कुनैपनि पोर्क आइटमको स्वाद लिन पाउने छन ।

महोत्सवमा विशेष गरी बंगुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तिय संस्थाको बारे जानकारी तथा प्राविधिक परामर्श, बंगुरको बधशाला तथा प्रशोधनका वारेमा जानकारीमुलक स्टलहरु, पोर्कका विभिन्न परिकारका स्टलहरु, सेफद्वारा परिकारहरुको तयारीको प्रदर्शन, बंगुर उत्पादन देखि बजारी करणमा प्रयोग हुने विभिन्न औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको मासुको प्रशोधन तथा परिकार बनाउने सम्बन्धी तालिम, बंगुरपालक किसानहरु बीच अन्तरक्रिया, मासु उत्पादनमा प्रयोग हुने औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको दाना सम्बन्धी जानकारी, बंगुरपालनमा देखिएका संभावना तथा चुनौतीहरुको बारेमा परामर्श तथा छलफल, विभिन्न जातजातिका झाकी तथा ¥याली प्रतियोगिता विभिन्न जातजातिका नृत्य तथा झाकीहरु, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा लोक तथा दोहोरी गीत, नृत्य, संगित, कन्सर्ट तथा विभिन्न प्रतियोगिताहरु हुनेछन ।

कमेन्टहरु
Loading...