पाइलट र इन्जिनियर पनि नक्कली !

काठमाडौ, ९ वैशाख/नक्कली चिकित्सक जस्तै देशमा ठूलो संख्यामा नक्कली इन्जिनियर र पाइलट पनि रेहेका खुलेको छ ।

पाइलट र इन्जिनियर पनि नक्कली !
पाइलट

पाइलटहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचनाका आधारमा प्रहरीले छानबिन अघि बढाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरिङ पास नै नभई प्रमाणपत्र लिएका नौजनाको लाइसेन्स रद्द गरेको छ ।

परिषदले नक्कली इन्जिनियरमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । ठूलो संख्यामा नक्कली इन्जिनियर रहेको आशंकामा थप अनुसन्धान पनि थालिएको छ ।

यस्तै केही पाइलट पनि नक्कली भएको सूचनाका आधारमा प्रहरीले छानविन थालेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणसँग समन्वय गरेर अनुसन्धान अघि बढाइएको सिआबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए ।

पहिलो चरणमा ५९ पाइलटको प्रमाणपत्र छानबिन अघि बढाइएको सिआइबीका एसपी तारिणीप्रसाद लम्सालले जानकारी दिए ।

कमेन्टहरु
Loading...