पिक्स इन्टरनेशनल ब्राण्डका क्रसरका सामाग्री अब पोखरामा

पोखरा, २० वैशाख /पिक्सन कन्स्ट्रक्सन इक्युपमेन्ट प्रालि बरोडा गुजरात भारतद्वारा उत्पादित पिक्स इन्टरनेशनल ब्राण्डले पोखरामा ग्राहक मिलन समारोह कार्यक्रम सम्पन्न गरेको छ । पिक्सन कन्स्ट्रक्सन इक्युपमेन्टको आयोजना तथा शंकर शक्ति इन्जिनियरिब एण्ड मेटल इन्डस्ट्रिज प्रालि पोखरा–१० औद्योगिक क्षेत्रको व्यवस्थापन र गण्डकी क्रसर उद्योग व्यवसायी संघको संयोजनमा कार्यक्रम आयोजना भएको हो ।

पिक्स इन्टरनेशनल ब्राण्डका क्रसरका सामाग्री अब पोखरामा
पिक्स इन्टरनेशनल ब्राण्डका क्रसरका सामाग्री अब पोखरामा

कार्यक्रममा देशका विभिन्न स्थानबाट क्रसर व्यवसायी, निर्माण व्यवसायी, हाइड्रोपावर निर्माण व्यवसायी तथा सिमेन्ट सामग्री उद्योग व्यवसायीहरुको सहभागिता थियो । कम्पनीले ज–क्रसर, कोन क्रसर, मोबाइल क्रसर, होरिजेन्टल सास्ट इन्प्याक्टर, भर्टिकल सास्ट इन्प्याक्टर मेसिन उत्पादन गर्दै आइरहेको छ । हाइड्रोलिक ब्लक मेसिन तथा हेभि इक्युपमेन्टहरु पनि कम्पनीले उत्पादन गर्दै आइरहेको कन्ट्री म्यानेजर राजु पौडेलले जानकारी दिए ।

भारतको केरला, गुजरात र युएईको साहार्जामा कम्पनीको प्लान्ट छ । पिक्सनका उत्पादनहरु युरोप, अफ्रिकन मुलुक, गल्फ कन्ट्री, भारत, माल्दिप्स, श्रीलंका,  भुटान, नेपाल लगायतका स्थानमा बिक्री हुँदै आइरहेको छ । भारतीय सेनासँग पनि सहकार्य गरेको कम्पनीले अत्याधुनिक प्रविधिबाट मेसिनहरु उत्पादन गर्दै आइरहेको कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक जि.सी. नायरले जानकारी दिए ।

कम्पनीले बिगत ६ वर्षदेखि नेपालमा आफ्ना उत्पादनहरु बिक्री गर्दै आइरहेको कार्यकारी अधिकृत रिजिन कैलाश नायरले जानकारी दिए । हाम्रा उत्पादन नेपाल लगायत संसाभर लोकप्रिय छन्,’ उनले भने । कार्यक्रममा कम्पनीका निर्देशक केवी शाह, प्रशासकीय अधिकृत एसएस नकुम, नेपाल खानी तथा क्रसर उद्योग व्यवसायी महासंघका अध्यक्ष उमेश शेरचन, गण्डकी क्रसर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र त्रिपाठी, नेपालका कन्ट्रि म्यानेजर राजु पौडेल, शंकर शक्ति इन्जिनियरिब एण्ड मेटलका प्रवन्ध निर्देशक मिनबहादुर भण्डारी, शंकर शक्ति इन्जिनियरिब एण्ड मेटलका सञ्चालक नवराज अधिकारी, प्रवन्धक सुमन केसी लगायतले बोलेका थिए । उक्त अवसरमा ग्राहकलाई मायाको चिनो र प्रमाण पत्र वितरण गरिएको थियो । कम्पनीले बिगत १८ वर्षदेखि विभिन्न ब्र्राण्डहरु उत्पादन आइरहेको छ ।

कमेन्टहरु
Loading...