मौषमले गर्दा ७ प्याराग्लाईडिङ फेवातालमा, सबैको उद्धार

पोखरा, १८ फागुन/ पोखरामा जारी १७ औं खुल्ला प्याराग्लाईडिङ तथा प्रि वर्डकपको क्रममा फेवातालमा खसेका ७ प्याराग्लाईडिङ पाइलटको सकुसल उद्धार भएको छ । उडानको क्रममा तालमा खसेका चार रसियन, एक चिनियाँ, एक युक्रेनी र काजकिस्तानका एक जनाको सकुसल उद्धार भएको हो । विभिन्न स्थानमा अबतरण गरेका अन्य पाईलट पनि सकुसल छन् ।

मौषमले गर्दा ७ प्याराग्लाईडिङ फेवातालमा, सबैको उद्धार
मौषमले गर्दा ७ प्याराग्लाईडिङ फेवातालमा, सबैको उद्धार

सशस्त्र प्रहरी रेस्क्यु टोली, प्रहरी स्थानीय बासिन्दाले तालबाट झिकेर उदर गरे । उनिहरुलाई तालमा खसेको २० मिनेटभित्र उद्धार गरिएको थियो । उद्धारमा खटिएका शसस्त्र प्रहरीका अनुसार तालमा खसेका सबै पाईलट पौडी खेल्न जान्ने भएकाले बाच्न सफल भएका हुन् ।

प्रतियोगिताको लागि तोकिएको टास्क पुरा गर्ने क्रममा एक्कासी मौषम बिग्रिएपछि आकस्मिक अबतरण गर्नुपरेको हो । टास्क कमिटीले टास्क रोकेर अबतरणको लागि भनेपछि तोकिएको स्थानमा अबतरण गर्ने क्रममा हावाको तिब्र गतिका कारण उनिहरु तालमा खसेका थिए । तालमा खसेका उनिहरु ग्याईडर छोडेर पानीमा पौडीरहेका वेला उद्धार टोलीले वाहिर निकालेको हो ।

टास्क कमिटीको निर्देशन पछि कतिपयले आफुलाई अनुकुल पर्ने स्थानमा अबतरण गरेका थिए । शनिवारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत मंगलवार सराङकोटबाट तोरीपानी, मान्द्रेढुङ्गा, कास्कीकोट , नौडाडा, पम्दीभुम्दी हुदै फेवा किनार सम्मको टास्क तोकिएको थियो ।

अन्तिम टास्क पुम्दीभुम्दी माथि पुगेपछि एक्कासी मौषम विग्रिएको थियो । टास्क कमिटीले टास्क रोक्दा प्रतियोगितामा सहभागि कुल ९६ मध्य अधिकांश प्रतियोगि आकाशमै थिए । प्रतियोगिता आयोजक नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगश भट्टराईले मौषम खरावीको कारण आकस्मिक अबतरण गर्नुपरेपनि सबै पाईलट सकुसल रहेको बताए ।

सि.नं. नाम थर लिंग देशको नाम पासपोर्ट नं. कै.
Andrei Chesnokov M Russia 0544250
Viache Slab Kopchinskii M Russia 1805879
Alexey Makarob M Russia
Sergey Chepelev M Russia 0553828
Yu Wang M China 60245660
DinaraUsmanova F Kazakhstan 9988594
OlekSiiKolesnyk M Ukraine
Wallen M Ukraine अर्मलामा रुखमा अड्किएको
कमेन्टहरु
Loading...