पञ्चासेका चित्र पोखरामा प्रदर्शन

रुपिन्द्र प्रभावी
पोखरा, २३ चैत /पर्यटकीय स्थल पञ्चासेका दृश्यहरु समावेश गरी बनाइएका दुई दर्जनभन्दा बढी चित्रहरुको प्रदर्शन पोखरामा मङ्गलबारदेखि सुरु भएको छ ।

पञ्चासेका चित्र पोखरामा प्रदर्शन
पञ्चासेका चित्र पोखरामा प्रदर्शन

पञ्चासे क्षेत्रमा एक हप्तासम्म घुमेर काठमाडौँका १० र पोखराका ५ गरी १५ जना कलाकारहरुले पञ्चासेका प्राकृतिक सौन्दर्यलाई उतारेका २८ ओटा चित्रहरु पोखराको ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डमा प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको पर्यटनविद् झलक थापाले रिवन काटेर उद्घाटन गर्नुभयो । थापाले पोखरा धर्तीको स्वर्ग भएको भन्दै पञ्चासेले यसलाई थप शोभा दिएको बताउनुभयो । चित्रले नयाँ पुस्तालाई आफ्नो मातृभूमिप्रति प्रेम जगाउन ठुलो सघाउ पु¥याउने थापाको विश्वास थियो ।

उहाँले भन्नुभयो, “नेपालीको मुटुमा नेपाल हुनुपर्छ, त्यस्तो देख्न निकै कठिन छ । मुटुमा देश नरहेसम्म देशको उन्नति सम्भव छैन ।” अतिथि देवोः भवःको मन्त्रलाई मागी खाने भाँडो मात्र बनाइएकोमा असन्तुष्टि जनाउँदै थापाले त्यसभन्दा अघि देशलाई नै स्वर्ग मान्नुपर्ने, आमा, बाबु र गुरु देवोः भवःको मन्त्रलाई आत्मसात गर्नुपर्ने धारणा राख्नुभयो । नेपालको पर्यटनको आधार नै प्रकृति र संस्कृति भएकाले यिनलाई जोगाएर नयाँ पुस्तामा महत्त्वबोध गराए मात्र देशको उन्नति हुने थापाको मत थियो । उहाँले आजकल सहरमा घर बनाउनेहरुले एउटा पनि नेपाली बिरुवा नरोप्नु बिडम्बना भएको भन्दै त्यसले नयाँ पुस्तालाई नेपालीत्व चिन्नै बाधा पु¥याउने बताउनुभयो ।

पञ्चासेका चित्र पोखरामा प्रदर्शन
पञ्चासेका चित्र पोखरामा प्रदर्शन

कार्यव्रmमका संयोजक डा. प्रभु बुढाथोकीले कलाका माध्यमबाट प्रकृतिको संरक्षण गर्ने उद्देश्यले आफूहरुले यो अभियान देशभर सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले प्रशस्त प्राकृतिक सम्पदा भएर पनि पछि परेका स्थानमा यस्ता कार्यव्रmम सञ्चालन गर्दै आएको भन्दै पञ्चासेको विकासमा यस पटकको चित्रकलाले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । बुढाथोकीले पञ्चासेको विषयमा बनाइएका चित्रहरु पोखरा, काठमाडौँ र विदेशमा समेत बिव्रmी गरेर भएको आम्दानी पञ्चासेकै विकासका लागि प्रयोग गरिने जानकारी दिनुभयो ।

पञ्चासे संरक्षित वन मूल परिषद्का अध्यक्ष गोपाल गुरुङले पञ्चासेको विकासका लागि कलाकारहरुले गरेको प्रयासको प्रशंसा गर्नुभयो । सहभागी कलाकारहरुका तर्फबाट बुद्धि गुरुङले कलाकारहरुलाई यस्ता कार्यव्रmमले ठुलो सघाउ पु¥याउने बताउनुभयो । महिला कलाकार समूहकी अध्यक्ष सुनीता राणाले कलालाई उद्देश्यमूलक बनाउने एउटा माध्यम प्राकृतिक चित्रकला भएको बताउनुभयो ।

आगामी शनिबारसम्म जारी रहने प्रदर्शनीमा २० हजारदेखि ६० हजार रुपैयाँसम्मका चित्रहरु राखिएका छन् । प्रदर्शनीमा अनिता भट्टराई, जीवन राजोपाध्याय, हेमकान्ति गुरुङ, विनोद प्रधान, सविता डङ्गोल, एरिना ताम्राकार, प्रधि राणा, मीना गुरुङ, डी. राम पाल्पाली, बुद्धि गुरुङ, लोकप्रसाद गुरुङ, इशान परियार, मनश्वी बुढाथोकी, ध्वज गुरुङ र सुनीता राणाका कलाहरु राखिएका छन् ।

कमेन्टहरु
Loading...