सहारा एकेडेमीलाई सहयोग लिएर आउछु -नायीका ढुंगाना

पोखरा, १९ वैशाख/चर्चीत नायीका नितु ढुंगानाले पोखराको सहारा एकेडेमीलाई केहि न केहि सहयोग गर्ने वचन दिएकी छन ।

सहारा एकेडेमीलाई सहयोग लिएर आउछु -नायीका ढुंगाना
सहारा एकेडेमीलाई सहयोग लिएर आउछु -नायीका ढुंगाना

कुसुम सिटौला आफ्नी मितिनीसंग पोखरा घुम्न आएको अवसरमा उनले शनिबार सहारा एकेडेमीमा पुगेर एकेडेमीका वालकहरसंग घेटघाट गरी सकेपछि उनले अर्काे पटक पोखरा आउदा केहि न केहि सहयोग गर्ने गरी आउने वचन दिएकी हुन ।
उनले भनिन “म पोखरा घुम्नको लागि आएकी थिए, मैल चिनेको एक जना दाईसंग भाइभरमा कुरा भए पनि उहाँले पोखरा जादा सहारा एकेडेमी पनि एक पटक हेर्न जानुहोस न भनि वेलायतबाटै सल्लाह दिएकोले एकेडेमीमा जादा म ज्यादै खुसि भए । ”

बाबु, आमाको मुख हेर्ने दिनमा र आफ्नो जन्म दिनमा वालआश्रम तथा बृद्धाश्रहरुमा जाने गरेको भन्दा सहारा एकेडेमी भिन्न तरीकाले व्यबस्थापन भएको र त्यहाँको मनोरम वातावरणले गर्दा आफु निकै प्रभावित भएको नायीका ढुंगाानाले बताईन । अनाथ तथा विपन्न बर्गका वालकहरुले अवसर पाएको खण्डमा जे पनि गर्न सक्छन भन्ने सन्देस एकेडेमीका वालहरुले दिएको उनले बताईन ।

पोखरा १७ देभिल्लामा हाल १६ जिल्लाका २६ जना वालकहरु रहेको सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । यसै बिच, केहि दिन अघि सहारा एकेडेमीको एक टोली अध्ययन अवलोकन सहित मैत्रिपुर्ण फुटवल खेल्न राजधानि गएको थियो । आचार्यको नेतृत्वमा ३७ सदस्य टोली राजधानि गएको थियो ।

कमेन्टहरु
Loading...