नेशन पुनलाई नेपाल आइडल बनाउन पोखरामा समिति गठन

पोखरा, ५ फागुन / नेपाल आइडल सिजन ३ को उत्कृष्ट ९ मा पर्न सफल नेशन पुनलाई आइडल बनाउन पोखरामा सहयोग समिति गठन गरिएको छ । नारायण पुनको संयोजनमा समिति गठन गरिएको हो ।
२७ सदस्य समितिको सह—संयोजकमा विनित जोजिजू, महासचिवमा मनकुमार श्रेष्ठ, सचिवमा सुरज थापा मगर, आर्थिक संयोजकमा लक्ष्मी बुदुजा रहेका छन् । लक्ष्मीलाई इन्द्र गर्बुजा, तारा गर्बुजा र उदेश पुनले सहयोग गर्नेछन् ।

यस्तै प्रचारप्रसार विभागमा सन्तोष बस्याल र उमेश पुन, संघसंस्था समन्वयमा मेजन पुन, वैदेशिक समन्वयमा जंग वुदुजा सहित सदस्यहरुमा कृष्ण भण्डारी, जीवन गुरुङ,राहुल थापा, विष्णु पोखरेल, प्रकाश पौडेल, भक्त बहादुर पुन, शिव गर्बुजा, प्रेम पुन, नर बहादुर पुन, दुध बहादुर राम्जाली, टेक बहादुर पाइजा, प्रेम थापा मगर, माया पुन, शिव पाइजा र खिमन शेरपूर्जा रहेका छन् ।

समितिको सल्लाहकारमा राज पौडेल, राज कुमारी पुन, हर्क बहादुर पुन, पदमराज ढकाल, नवराज बराल, क्या. बल बहादुर पाइजा, सुनिल थापा,प्राज्ञ रमेश श्रेष्ठ, रामचन्द्र पौडेल, रामभक्त जोजिजू, रुद्र श्रीष, दिपेन्द्र श्रेष्ठ, क्या. रवीन्द्र गर्बुजा, खेम गर्बुजा, संगीता पुन मगर, प्रमे शंकर बरुवाल रहेका छन् ।
एपीवान टेलिभिजनबाट प्रसारित रियालिटी सो नेपाल आइडलको तेस्रो संस्करणमा पोखराका तीन प्रतिस्पर्धी उत्कृष्ट ९ मा छन् । नेशन पुन, ममता गुरुङ र मुस्कान रानाभाट । नेशन पुनको सहयोग समिति गठन गरिएको छ भने गुरुङ र रानाभाटको समिति गठन भएको छैन ।

पोखरामा पत्रकार सम्मलेन गर्दै समितिले नेशनलाई अत्याधिक भोट गर्न अपिल गरेको छ ।
म्याग्दी स्थाइ घर भएका नेशन सानैदेखि संगीतमा रुची राख्थे । स्कुलमा थुप्रै कार्यक्रममा गायन प्रतियोगितामा सहभागी बनी विजेता भएका छन् । पोखराबाटै उनको सांगीतिक यात्राको सुरुवात भयो । नदिपुर ३ बस्दै आएका नेशन पुन मगर सरल, सहज र इमान्दारीका कारण उत्कृष्ट ९ मा पर्न सफल भएको परिवारको जिकिर छ ।

बाल्यअवस्थाबाटै नेशनले गितार र किर्बोड सँग संगत गरे । उनका अरु साथीहरु खेल्नमा व्यस्त हुन्थे भने उनी संगीतमा । स्कुल पढ्दा होस या कलेजका कुनैपनि कार्यक्रममा नेशनको प्रस्तुति अनिवार्य रहेको छ । नेशनलाई परिवारको समेत साथ छ । उनकी आमा ममिता पुन शिक्षक हुन् भने बाबा याम बहादुर पुन सवारी चालक हुन् । सिङ्गो पोखराको प्रतिनिधित्व गरिरहेका गायक नेशनको प्रस्तुतिलाई आइडलमा समेत रुचाइएको छ । नेपथ्य ब्याण्डको ‘भेडाँको उन जस्तो…’ प्रस्तुतिमा उनले निर्णायकहरुको उठेर सम्मान पाएका थिए ।  जुन गीतलाई अत्याधिकले मन पराएका छन् ।

‘पहिलो नेपाल आइडल बुद्ध लामा पोखराकै हुन्’, महासचिव मन कुमार श्रेष्ठले भने,‘फेरी इतिहास दोहो¥याउन हामी चाहन्छौ ।’ श्रेष्ठ नेपाल आइडल सिजन १ देखि ३ सम्मकै पोखराबाट सहभागी बनेका कलाकारको सहयोग समितिमा रहँदै आएका छन् ।

प्रतिभाका आधारमा कलाकार छनोट गर्नुपर्ने हो तर रियालिटी सो मा भोटको आधारमा प्रतिभा छनोट गरिन्छ यसको विरोध गर्नुपर्ने होइन र ? भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्,‘कि मैदानमा लडदै नलड्नु लडेपश्चात नियमपूर्वक लड्नु । नेशनको प्रतिभा पनि छ र प्रस्तुतिकरण, उनले भोट पनि पाउँछन् । भोटको विरोधी म पनि हुँ । तर हरेक आयोजक कमिटीको आफ्नो नियम हुन्छ । संसारभरका रियालिटी यहिनै लागु हुन्छ । यहाँ हुनु अस्वाभिक होइन ।’

समितिका सह—संयोजक विनित जोजिजू नेशन एक राम्रो प्रतिभा भएको उल्लेख गरे । पोखराले गर्व गर्ने कलाकारमा नेशन पर्ने उनको भनाई थियो । ‘कलाकारमा अनुशासन सहित प्रस्तुतिकरण समेत राम्रो हुन्छ जुन कुरा नेशनमा छ’, उनले भने ।

नेशनकी आमा ममिताले नेशनको बाल्यकाल अवस्थालाई स्मरण गरिन् । उपहारको रुपमा बाल्यअवस्थामा नेशनले अरु खेलौना नमागेर गितारनै माग्नु नेशनको संगीत प्रतिको रुची भएको उनले बताइन् ।

नेशनलाई अनलाइन मार्फत Respect and Rise App अथवा इसेवा डाउनलोड गरेर भोट गर्न सकिन्छ । मोबाइलको म्यासेज बक्समा गएर NI08 टाइप गरी ३७००० मा पठाउन सकिन्छ वा ल्याण्ड लाइन मार्फत १६६६७७०८ मा डायल गरी भोट गर्न सकिन्छ । विदेशमा भएकाले भारतमा भोडाफोन प्रयोगकर्ताले ५३०१०, कतारमा ओरेडु प्रयोगकर्ताले ९२३००, मलेसियामा अल टेलीकोश प्रयोगकर्ताले ३३३१० मा एसएमएस पठाएर भोट गर्ने व्यवस्था छ ।

कमेन्टहरु
Loading...