नेपाल प्रहरीका २४ डीएसपी एसपीमा बढुवा, को–को परे ? तुलबहादुर कार्की पहिलो नम्बरमा

काठमाडौं, ११ वैशाख / नेपाल प्रहरीका २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा भएर प्रहरी उपरीक्षक (एसपी)मा भएका छन् । बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम ४ को प्रावधान अनुसार उनीहरूको बढुवा सिफारिस गरेको हो ।

डीएसपीबाट एसपीमा बढुवा हुनेमा पहिलो नम्बरमा तुलबहादुर कार्की रहेका छन् । बढुवा हुनेमा क्रमश होबिन्द्र बोगटी, बेद विष्ट र राकेश सिँह रहेका छन् ।

यस्तै क्रमशः राजिब बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिँह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजज सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रबिण धताल, दयानिधि धिताल र राजेन्द्रप्रसाद धमला रहेको जनाएको छ ।

कमेन्टहरु
Loading...