नेपाल आइडलको पोखरा अडिसन माघ अन्तिम साता

पोखरा, १० माघ /विश्वका विभिन्न देशमा लोकप्रिय रहको आइडलको नेपाल आइडल हुने भएको छ । नेपाल आइडलको पोखरामा माघको अन्तिमा साता अडिसन हुने भएको छ । तीन दिन सम्म हुने अडिसन पोखरा नविन स्कुलामा हुने आयोजकले जानकारी दिएको छ । माघ २८ देखि फागुन १ गते सम्म हुनेछ ।

विभिन्न ५० भन्दा बढी देशमा लोकप्रिय बनेको आइडल श्रृङ्खला नेपालमा पनि सुरु हुने लागेको हो । भारतमा यतिबेला गायन प्रतियोगीताको सबैभन्दा ठूलो रियालिटी शो ‘इन्डियन आइडल’ चलिरहेको छ । आइडलको मापदण्डलाई पुरा गर्दै चाडै नै नियमित प्रशारण आरम्भ गर्न लागेको ‘एपी १’ टेलिभिजनले यसको सम्पूर्ण अधिकार लिएको छ ।

अन्तरराष्ट्रिय फ्रेन्चाइज प्राप्त यो कार्यक्रममा नेपाल भित्र र नेपाल बाहिरका नेपाली नागरिकता भएका १६ देखि ३० बर्ष भित्रका नेपालीले सहभागीता जनाउन पाउनेछन् । यसको अडिसन नेपालगञ्ज, बुटवल, नारायणगढ, विरगंज, विराटनगर, पोखरा र काठमाण्डौमा हुनेछ । अडिसनका लागि तोकिएको स्थानभित्र बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म उपस्थित हुनुपर्ने आयोजकले बताएको छ ।

सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यवसायिक गायक र गायिकाले समेत यसमा भाग लिने पाउनेछन् । यो शोको विजेताले महिन्द्रा केयुभी वान ओ ओ, २० लाख नगद पुरस्कार र १५ लाख रुपैयाँ बराबरको भिडियो एल्बमको करार पनि प्राप्त गर्नेछन् । प्रतियोगीताको निर्णायकमा संगीतकार न्ह्रयू बज्रचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् ।

कमेन्टहरु
Loading...