दोस्रो नेपाल आइडलको उपाधि रवि ओड

पोखरा, ६ पुष /नेपाल आइडल सिजन २ को उपाधि रवि ओडले जितेका छन् । रविले २२ लाख, गोल्डेन माइक र कार पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने ।

उनले २० लाखको चेक र शिल्भर माइक पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए ।
थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् ।

बिजयी प्रतियोगिलाई अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका गुरुप सम्पादक विजयकुमार पाण्डे, अन्नपूर्ण मिडिया नेटर्वकका निर्देशक सचन थापा नेपाल आइडलका निर्देशक सुरेश पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा भएका थिए ।

बुद्ध लामा मंगलबार पोखरा पुग्दा भब्य स्वागत (फोटोफिचर र भिडियो सहित)

कमेन्टहरु
Loading...