नेविसंघ पृथ्वीनारायण क्याम्पसमा विवाद

पोखरा, १५ बैशाख/नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस ईकाई समितिको नेतृत्वमा विवाद देखिएको छ । हाल ईकाईमा सभापति पदका लागि खिचातानी देखिएको हो ।

गोपाल गुरुङले पिएन क्याम्पसको नेविसंघ ईकाईलाई सभापतिको रुपमा नेतृत्व लिईरहेको अवस्थामा आफुलाई बैधानिक भन्दै अर्को टोली निस्किएपछि यो विवाद चर्किएको हो ।

बैशाख ९ गते हाल भैरहेको नेविसंघ बाहेक नै अर्को समुहले आफुहरु आधिकारिक नेविसंघको ईकाई कार्यसमिति भएको भन्दै मिडियामा सार्वजनिक गरेपछि पुरानो समुहले ध्यानाकर्षण गरेको हो । गोपाल गुरुङको नेतृत्वमा रहेको ईकाई कार्यसमितिले नै आफुहरुलाई आधिकारिक समिति भएको र नयाँ आएका समुह व्यक्तिगत स्वार्थ पुरा गर्न मात्रै त्यसो गरेको आरोप लगाएको छ ।

विद्यार्थी नेता गोपाल गुरुङले प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्–‘संगठनको विधि, मुल्य र मान्यतालाई लात लगाउदै आफ्नो व्यक्तिगत स्वार्थ पुर्ति गर्न लालयीत हुने यस्ता व्यक्तिको पछाडी नलाग्न सम्पूर्ण साथीहरु, प्रध्यापक, कर्मचारी, पत्रकार र सम्पूर्ण शुभेच्छुक महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु ।’

साथै उनले नेपाली काँग्रेस कास्की र नेविसंघ जिल्लासँग समन्वय गरि चाँडो भन्दा चाँडो नेविसंघ पृथ्वीनारायण क्याम्पस ईकाईको अधिवेशन गराउने समेत प्रतिबद्धता जनाएका छन् ।

कमेन्टहरु
Loading...