पर्यटन व्यवसायीद्वारा सभापतिलाई स्वागत

पोखरा, जेठ २३/राष्ट्रिय पर्यटन व्यवसायी संघले कांग्रेस सभापति शेरबहादुर देउवालाई आइतबार यहाँ स्वागत गरेको छ । सभापति भएपछि पहिलो पटक पोखरा आएका देउवालाई प्रजातन्त्रवादी पर्यटन व्यवसायीले स्वागत गरेका हुन् ।

सभापति देउवालाइ स्वागत गर्न आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले पार्टीले पर्यटन क्षेत्रलाई विशेष महत्व दिनुपर्ने बताए । कार्यक्रममा संयोजक सोमबहादुर थापाले पर्यटन क्षेत्रको विकासको लागि पार्टीले महत्वपूर्ण भूमिका निभाउनुपर्ने बताए । उनले कांग्रेसले पर्यटन मन्त्रालय सम्हाल्दा पनि पर्यटन क्षेत्रलाई वेवास्ता गरेकोले आगामि दिनमा पर्यटन मैत्री भूमिका निभाउनुपर्ने बताए ।

पर्यटन व्यवसायीद्वारा सभापतिलाई स्वागत
पर्यटन व्यवसायीद्वारा सभापतिलाई स्वागत

‘पर्यटन क्षेत्रमा पार्टीको सहयोग भएको खण्डमा यसले व्यवसाय अगाडि बढाउन सघाउँछ,’ उनले भने । कार्यक्रममा सभापति देउवाले आगामि दिनमा पार्टीले पर्यटन क्षेत्रका लागि विशेष ध्यान दिने प्रतिवद्धता जनाए । ‘कांग्रेसले पर्यटन व्यवसायीलाई आगामि दिनमा महत्वका साथ सघाउनेछ,’ उनले भने, ‘पर्यटन व्यवसायीसँग सहकार्य गर्न पार्टी जहिल्यै तयार छ ।’ आगामि दिनमा पार्टी र व्यवसायीबीचको सम्बन्ध अझै मजबुत हुनेमा विश्वस्त हुन देउवाले व्यवसायीलाइ आग्रह गरे । कार्यक्रममा सहसंयोजक बलराम गिरीले पर्यटन क्षेत्रमा पार्टीको भूमिका बलियो हुँदा व्यवसायलाई सघाउ पुग्ने बताए ।

कमेन्टहरु
Loading...