पोखरामा एनसेल टावरमा आगजनी

पोखरा, १६ साउन/ पोखरा महानगरपालिका २८ माझठाना डाँडारहेको एनसेल टावरमा गएराती आगजनी भएको छ ।

आगजनी भएको सूचना पाउना साथ कास्की प्रहरीको टोली त्यसतर्फ गएको थियो । बुधबार राति १० बजेतिर आगलागी भएको स्थानीयले बताएका छन्।

कास्की प्रहरीले आगलागी कसले गरायो भन्ने पत्ता लागिनसकेको जनाएको छ। घटनाको अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जनाए।

कमेन्टहरु
Loading...