नेपाली कांग्रेस लेखनाथ–१८ को कार्यसमिति विस्तार

वैशाख २१, पोखरा /नेपाली कांग्रेस नगर वडा कार्य समिति लेखनाथ–१८ कास्कीको बैठक मंगलबार सम्पन्न भएको छ । वडा कार्य समिति १८ का सभापति दिनेश आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीका विभिन्न भावि कार्यक्रमहरु तय गर्नुका साथै समितिमा विभिन्न क्षेत्रलाई मध्यनजर गर्दै कार्यसमिति बिस्तार समेत गरेको छ ।

यसरी कार्य समिति विस्तार गर्ने क्रममा सभापति आचार्यले बरिष्ट सदस्यमा गुरुप्रसाद पौडेल र विष्णुप्रसाद आचार्यलाई मनोनित गर्नुभएको छ भने अन्य सदस्यहरुमा विष्णुप्रसाद भण्डारी र गंगाराम लम्साल चयन भएको सचिव केदारनाथ आचार्यले जानकारी दिनुभयो । वर विर्तास्थित प्रस्तावित पार्टी कार्यालयको प्राङगणमा सम्पन्न बैठकले आफ्नो वडामा पार्टीलाई गतिशिल बनाईराख्न थप विभिन्न समितिहरु समेत गठन गरेको छ ।

यसरी गठन भएका समितिहरुमा विद्यालय व्यवस्थापन तथा शैक्षिक क्षेत्र रेखदेख समिति संयोजकमा गुरुप्रसाद पौडेल, वन तथा विकास निर्माण समितिमा संयोजकमा विष्णुप्रसाद आचार्य, अर्थ संकलन तथा व्यवस्थापन समिति संयोजकमा कर्ण कुमारी महत, महिला तथा आमा समुह व्यवस्थापन उपसमितिमा तुलसी दुरा र युवा तथा तरुण व्यवस्थापन समिति संयोजकमा सरण नेपालीलाई चयन गरिएको सभापति आचार्यले जानकारी दिनुभयो ।

यसैगरी बैठकले यही वैशाख मसान्त भित्रमा वडामा नेपाली कांग्रेसको वृहत कार्यकता भेला तथा कार्यकता भेटघाट कार्यक्रम समेत आयोजना गर्ने गरी तयारी समेत थालेको अर्का सचिव सन्तोष लामिछानेले जानकारी दिनुभयोे ।

कमेन्टहरु
Loading...