पोखरा आन्तरिक पर्यटक बोलाउन व्यवसायी पश्चिम तर्फ

पोखरा, २१ फागुन /पोखरामा आन्तरिक पर्यटकलाई बोलाउन पर्यटन व्यवसायीले पश्चिम क्षेत्रमा प्रवद्र्धनात्मक कार्यक्रमको तयारी थालेका छन् । भूकम्प र नाकाबन्दीको मारबाट परेको व्यावसायलाई माथि उठ्न पछिल्लो समय प्रचारप्रसारमा जोड दिन थालेका व्यवसायीले शुक्रबारबाट प्रवद्र्धन अभियान सुरु गरेका छन् ।

पोखरा आन्तरिक पर्यटक बोलाउन व्यवसायी पश्चिम तर्फ
पोखरा आन्तरिक पर्यटक बोलाउन व्यवसायी पश्चिम तर्फ

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) ले पश्चिम क्षेत्रका आन्तरिक पर्यटकलाई पोखरा बोलाउँदै प्रवद्र्धनात्मक कार्यक्रम लिएर पश्चिमको यात्रा थालेको छ । त्यसका लागि व्यवसायीको ८ दिनको कार्यक्रम सहित शुक्रबार पोखराबाट त्यस तर्फ लागेको छन् ।

पश्चिम क्षेत्रका आन्तरिक पर्यटकलाई पोखरा बोलाउँदै प्रवद्र्धन अभियान सन्चालन गर्ने नाट्टाका अध्यक्ष दिल गौतमले जानकारी दिए । उनले केहीदिनअघि भारतको सिलिगुढी पुगेर ट्राभल मार्टमा सहभागिता जनाएको नाट्टाले आन्तरिक पर्यटकलाइ लक्षित गर्दै पश्चिम क्षेत्रमा प्रवद्र्धन गर्न थालेको बताए ।

नाट्टाको प्रवद्र्धन अभियानका संयोजक नवराज अधिकारीका अनुसार व्यवसायीले नेपालगञ्ज, बर्दीया, धनगढी लगायतका सहरका पर्यटन व्यवसायीसँग अन्तरक्रिया गर्दै त्यस क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रको समेत भ्रमण गर्नेछन् । भारतको नैनीतालसम्म पुगेर व्यवसायीले त्यहाँको पर्यटन क्षेत्रबारे अनुभव र सिकाइ बटुल्ने अधिकारीले बताए । टोलीमा करिब

कमेन्टहरु
Loading...