शाहीलाई गण्डकी पत्रकारिता पुरस्कार

पोखरा, १८ फागुन/गण्डकी सञ्चार गृहद्धारा स्थापित तथा सञ्चालित गण्डकी पत्रकारिता पुरस्कार २०७२ बाट गण्डकी सञ्चार गृहका बरिष्ठ सम्बाददाता नारायाण शाहीलाई सम्मान गर्ने भएकोछ ।

Narayan Shahiरेडियोको तर्फबाट स्टेशन म्यानेजर घनश्याम पाण्डेय, पत्रकार महासघ कास्कीका सचिव त्रिभुवन पौडेल र क्रान्तिकारी पत्रकार संघका कास्कीका संयोजक दिपक परियार रहेको प्रतिभा छनोट समितिले शाहीलाई सिफारिस गरेको हो । शाहीलाई रेडीयोका बार्षिकोत्सवको दिन रेडियोको प्राङ्गणमा हुने विशेष समारोहमा नगद पाँच हजार सहित प्रमाण पत्रद्धारा सम्मान गर्ने संचार गृहले जनाएको छ ।

तनहुँ जिल्ला बरभञ्ज्याङ नाबरुङमा जन्मनुभएका पत्रकार शाहीले २०५३ सालदेखि पत्रकारिता शुरु गर्नुभएको हो । शाही गण्डकी सञ्चार गृहमा २०६४ सालदेखि आबद्ध हुनुहुन्छ भने यसअघि, उहाँले दृष्टी, जनादेश, समदृष्टि र निष्पक्ष लगायतका साप्ताहिक पत्रिकाहरुमा काम गर्नुभएको थियो । त्रिभूवन बिश्वबिद्यालयबाट पत्रकारिता तथा आमसञ्चार बिषयमा स्नाकोत्तर गर्नुभएका शाही हाल प्रेस रिपोर्ट साप्ताहिक अखबारको सम्पादक समेत हुनुहुन्छ ।

कमेन्टहरु
Loading...