बिजीबिको सहयोगमा धादिङ्गको विद्यालयले रुप फेरियो (फोटो फिचर सहित)

पोखरा, ७ जेठ/भूकम्पका कारण भत्किएको धादिङ्गको एक विद्यालयको पोखराको बिजीवि क्याफेले पुर्न निमार्ण गरेको । गत बैशाखको महाभूकम्पले धादिङ्ग, नलाङ–६, बुङचुङस्थित नागेश्वरी प्राविको भवन भत्किएको थियो । शनिबारको दिन भएकाले भौतिक क्षति भएपनि मानविय क्षति भने हुन पाएन ।

आँफु पढ्ने÷पढाउने गरेको विद्यालय भत्किएको अवस्थामा देख्दा विद्यार्थी तथा शिक्षकहरुमा ठूलो चोट पुग्ने गयो । त्यस्तो अवस्थामा रहेको विद्यालयमा फेरी पढाई होला वा नहोला भन्ने चिन्तामा थिए उनीहरु । तर वर्षदिन पनि नबित्दै विद्यालयको स्वरुप फेरीयो । भत्किएको विद्यालको पुननिर्माण भयो । र फेरी विद्यार्थीहरु आफ्नैं विद्यालयमा आए पढ्न पाए। भूकम्पले दिएको आँसुमा खुसि मिस्सियो ।

पोखराको लेकसाइडमा रहेको बिजीबि क्याफेले उक्त विद्यालय भवनको पुननिर्माण गरेको हो । भत्किएको गाह्रो उठाउने, ट्रष्ट लगाउने र जस्ताले छाउने कार्य सम्पन्न भएपछि भत्किएको विद्यालयको रुपै फेरिएको हो । पुर्ननिर्माण कार्यमा झण्डै साढे ४ लाख खर्च लागेको  विद्यालय हस्तान्तरण कार्यक्रममा क्याफे सञ्चालक योेगेश भट्टराईले जानकारी दिए । सो अवसरमा क्याफे सञ्चालकहरु सुनिल भट्टराई, सरोज भट्टराई, बसन्त महत लगाएतलाई विद्यालयले सम्मानपत्र प्रदान गर्दैै सम्मान गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्ध घलेले बिजीबि क्याफेले सहयोग नगरेको भए विद्यालयको यो दिन फिर्न गाह्रो अवस्था रहने औल्याए । त्यस्तै, विद्यालयका प्राचार्य सिताराम न्यौपानेले भूकम्पपछि झण्डै चार महिना खुल्ला आकाशमुनि पुगेका विद्यार्थी शिक्षकहरुलाई पुनःछानामुनि ल्याउन सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । उनले कार्य व्यस्थताका कारण कार्यक्रममा अनुपस्थित बिजीबि क्याफेका अर्का सञ्चालक ज्याक तामाङ्गप्रति पनि आभार व्यक्त गरे । उनले त्यस क्षेत्रमा भत्किएका विद्यालय मध्ये आफ्नो विद्यालय नै पुर्ननिमार्ण भएर पहिलो चरण मै सन्चालन भएको बताए ।

सोहि समारोहमा क्याफेले विद्यालयलाई झण्डै ५० हजार बराबरको शैक्षिक तथा खेलकुद सामग्री सहयोग प्रदान गरेका थिए । सामग्री हस्तान्तरण गर्दै क्याफेका निर्देशक योगेश भट्टराईले व्यवसायिक सामाजिक उत्तरदायित्व सम्झिएर विद्यालय पुर्ननिर्माण कार्य गरेको जनाए । सो कार्यमा संयोजनकारी भुमिंका निर्वाह गरेका हेल्पिङ्ग ह्याण्ड्सका दिनेशकुमार थापाले गरेका थिए । क्याफेका निर्देशक भट्टराईले विद्यालयको थप एक कोठा र खानेपानीका लागी ट्याङकी समेत प्रदान गर्ने बताएका छन् ।nageshwari school building repaired by busy bee cafe pokhara (6)nageshwari school building repaired by busy bee cafe pokhara (5) nageshwari school building repaired by busy bee cafe pokhara (3) nageshwari school building repaired by busy bee cafe pokhara (2)

बिजीबिको सहयोगमा धादिङ्गको विद्यालयले रुप फेरियो
बिजीबिको सहयोगमा धादिङ्गको विद्यालयले रुप फेरियो

nageshwari school building repaired by busy bee cafe pokhara (4)

कमेन्टहरु
Loading...