नेबिसंघ छात्रबृति बितरण प्रणलिको बिरुद्धमा आन्दोलनमा नजाने

पोखरा, १ साउन
उच्च माध्यमिक शिक्षा परिषद्ले छात्रवृत्ति वितरणमा अनियमितता गरेको आरोप लगाउँदै अन्य विद्यार्थी संगठनले आन्दोलनमा उत्रिएको बेला नेविसंघले भने आन्दोलनमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ ।

नेविसंघ कास्कीका सचिब सुर्वणजंग केसीले मंगलबार एक विज्ञप्ती निकाल्दै अन्य विद्यार्थी संगठनसँगको आन्दोलनमा नेविसंघको संलग्नता नहुने स्पष्ट पारेका छन् । छात्रबृति बितरण प्रणलिमा केहि त्रुटी देखिएपनि बार्ता र संबादको माध्यमबाट समस्या समाधान गर्न नेबिसंघ तयार रहेको बिज्ञप्तीमा उल्लेख छ ।

परिषद्ले प्रदान गर्ने छात्रबृति बिगतको बर्षभन्दा प्रभाबकारी रहेको नेबिसंघको दाबि छ । छात्रबृति बितरण प्रणलिसही नभएको भन्दै सच्याउन अल्टिमेटम सहित अन्य बिद्यार्थी संगठनले उच्च माध्यामिक शिक्षा परिषद् पोखरामा ज्ञापनपत्र बुझाएका छन् ।

कमेन्टहरु
Loading...