लामा अमेरिका अनेरास्ववियुको अध्यक्षमा आचार्य

काठमाडौ, ५ चैत / अनेरास्ववियुकी अध्यक्ष नविना लामा एक महिनाका लागि अमेरिका प्रस्थान गरेकी छिन् । महिलासम्वन्धि एक कार्यक्रममा भाग लिन लामा अमेरिका प्रस्थान गरेपछि उनले कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रश्मी आचार्यलाई दिएकी छिन् ।

चितवनमा सम्पन्न १८ औँ महाधिवेशनबाट ठाकुर गैरे केन्द्रीय अध्यक्ष निर्वा्चित हुँदा लामा सचिवालय सदस्य र आचार्य केन्द्रीय सदस्य निर्वा्चित थिए ।

एकवर्ष अघि सम्पन्न अनेरास्ववियुको २२ औँ महाधिवेशनबाट लामा अध्यक्ष र आचार्य उपाध्यक्ष निर्वा्चित भएका हुन् । आचार्य लामापछि अनेरास्ववियुको केन्द्रमा रहेका पुराना नेता हुन् ।

कमेन्टहरु
Loading...