मालिङको गाउँ चिनारी गित सार्वजनिक

पोखरा, १४ जेठ/ लमजुङ जिल्लाको क्होला सोँथर गाउँपालिका वडा नम्बर २ स्थित मालिङको गाउँ चिनारी गितको म्युजिक भिडियो पोखरामा सार्वजनिक गरेको छ । गौमती मालिङ्ग तमु समाजद्वारा निर्माण गरिएको उक्त म्युजिक भिडियो कोन्मे इन्टरटेन्ट्मेन्टको ब्यानरमा बनेको हो । रसिला गुरुङको निर्देशन रहेको उक्त म्युजिक भिडियोको छायांकन तथा सम्पादन सन्तोष कोन्मेले गरेका हुन् ।

आधुनिक प्रविधिको प्रयोग गरी छायांकन गरिएको हुँदा भिडियो राम्रो भएको कुरा सन्तोष कोन्मेले बताए । भिडियोमा ड्रोनबाट हवाई दृश्य पनि कैद गरेको कुरा कोन्मेले बताए । स्थानीय कलाकारहरु पुनम गुरुङ र मनिषा गुरुङको अभिनय रहेको उक्त गितमा रज्नी रिदम राईको स्वर रहेको छ भने संगीत रोशन गुरुङले दिएको छ ।

रोशन गुरुङ र गोबिन्द गुरुङको संयुक्त रचना रहेको उक्त गितको अडियो र भिडियो बनाउदा सम्म करिब ६ लाख खर्च भएको कुरा समाजका अध्यक्ष श्री गंगा प्रसाद गुरुङले जानकारी दिए। गुरुङले गाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा गाउँ चिनाई गाउँमा पर्यटन विकास गर्न टेवा पुग्ने कुरा बताउनु भयो । समाजसेवी ओम बहादुर गुरुङको प्रमुख अतिथ्यतामा अन्नपूर्ण तमु समाजमा आयोजना गरिएको उक्त कार्यक्रममा मालिङ गाउँ कै स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...