मुख्यमन्त्री कप आजदेखी शुरु हुदै, उद्घाटन खेलमा आदर्श क्लब र बौद्धहिमाल भिड्दै

पोखरा, ७ माघ/ मंगलबारदेखि पोखरा–२९ भण्डारढीकस्थित रंगशालामा गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिता शुरु हुदैं छ । उदघाटन खेल गोरखाको बौद्ध हिमाल क्लबले कास्की लिग च्याम्पियन आर्दश क्लबसँग खेल्ने छ ।

दिउँसो १ बजे प्रतियोगिताको गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गर्ने छन् । प्रदेश लिग कमिटिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापन र संयोजन रहने छ भने रहने छ ।

मुख्यमन्त्री कपमा जिल्ला लिग बिजेता टिम स्याङजाबाट होराइजन क्लब, तनहुँबाट भिमाद युथ क्लब, लमजुङबाट त्रिवेणी यूवा क्लब, गोरखाबाट बौद्ध हिमाल क्लब, कास्कीबाट आर्दश क्लब, नवलपुरबाट गैंडाकोट खेलकुद, मनाङबाट डाँफे युवा क्लबले सहभागीता जनाउने छन् ।

बाग्लुङ फुटबल संघ र म्याग्दी फुटबल संघ गरी ९ टिमले प्रतिस्पर्धा गर्ने छन् । पर्वत, म्याग्दी तथा मुस्ताङ बीच क्वालिाईफाईङ प्रतिस्पर्धाबाट म्याग्दी छनोट हुदैं मुख्यमन्त्री कप खेल्ने अवसर पाएको हो ।

मुख्यमन्त्री कप विजेता टिमले नगद ५ लाख र उपविजेताले ३ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागि हुने टिमलाई टिम तयारी स्वरुप नगद ५० हजार समेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...