मोरङको कानेपोखरीमा दुर्घटना, ५ जनाको मृत्यु २६ घाइते

पथरी, १० चैत /पूर्व पश्चिम राजमार्गको मोरङको कानेपोखरीमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य २६ जना घाइते भएका छन्।

बुधबार साँझ साढे सात बजे कानेपोखरीको छधारे भन्ने ठाउँमा काकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको बस र मे ४ प ८५११ मोटरसाइकल ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार लेटाङ ३ का तिलक लिम्बु र देवेन्द्र लिम्बु तथा बसमा रहेका झापाका पुरुषोत्तम सुवेदी छन्। बाँकी दुई जनाको पहिचान हुन सकेको छैन।

उनलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ। चार जना घाइतेलाई शिलगुढी लगिएको प्रहरीले जनाएको छ।

कमेन्टहरु
Loading...