लेकसाइडको मनसुन रेस्टुरेन्टको ‘भेन्यू’ मा डिजे नेहा र सिमोनको प्रस्तुती हुने

पोखरा, १४ पुस /लेकसाइडमा संचालनमा रहेको मनसुन रेस्टुरेन्टले ‘भेन्यू’ संचालनमा ल्याएको छ । विभिन्न कार्यक्रम गर्न मिल्ने गरि रेस्टुरेन्टले ‘भेन्यू’ संचालन गरेको हो । पोखरामा शुक्रबारदेखि संचालनमा आउने सडक महोत्सवको अवसर पारेर ‘भेन्यू’मा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने व्यवस्थापनले जनाएको छ ।

रेष्टुरेन्टका मानव संशाधन विभाग प्रमुख दीपकप्रसाद घिमिरेका अनुसार १ सय ५० जना पाहुना अट्नेगरि भेन्यू संचालनमा ल्याइएको छ । ‘जन्मदिन वा कुनै सभा सम्मेलन, भेटघाटको जमघटलाई लक्षित गरेर यो भेन्यूमा कुनैपनि गतिविधि गर्न सकिनेछ,’ आचार्यले भने, ‘अरुतिर होटलमा मात्र यस्तो सुविधा थियो । हामीले नितान्त रेस्टुरेन्टमा पनि यो अवसर दिएका छौ । १ सय ५० जनासम्म पाहुनालाई हामीले यहाँ सेवा दिन सक्छौ ।’

लेकसाइडको बाराहीचोकमा रहेको मनसुन रेस्टुरेन्टको यो भेन्यूबाट फेवातालको रात्रीकालिन दृश्यावलोकन गर्दै पाहुनाले खानपीन गर्न पाउँदा अझै रोमाञ्जक हुने उनले बताए । उनका अनुसार अंग्रेजी नयाँवर्षका अवसरमा संचालनमा आउने भेन्यूमा सन् २०१८ को अन्तिम दिन विशेष सांगितीक कार्यक्रम हुनेछ । सुविशा आरएल लामाको होस्टमा डिजे नेहा र सिमोनको विशेष प्रस्तुती हुने घिमिरेले बताए ।

न्यू इयर इभको त्यो साँझ पाँचसय रुपैयाँतिरेपछि जो कोही पाहुना भेन्यूमा जान पाउने र मनोरञ्जनमा सहभागि हुन सक्ने उनले बताए । ‘हामीले अहिलेका लागि न्यू इयर इभमा दिउँसोदेखि मध्यरातसम्म डिजेको साथमा विशेष कार्यक्रम गर्देछौ,’ उनले भने । हरेक शुक्रबार र शनिबार बेलुकी यहाँ नियमित सांगितीक कार्यक्रम संचालन गरेर पाहुनालाई भुलाउने गरि योजना बनाएको पनि उनले बताए ।

कमेन्टहरु
Loading...