मःम मेलामा दर्शक बढ्दै

पोखरा, ८ फागुन। पोखरामा आयोजित पेप्सी मःम मेला शनिवार पनि जारी रहेको छ।
आर इभेण्ट ट्रेनर नेपालले फेण्डसिप युथ क्लव र आईएफसी फेसन कलेजको
सहकार्यमा मेला गरेको हो।
पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित मेला आइतबारसम्म चल्ने छ।
मेलामा दर्शकको सहभागिता बढ्दै गइरहेको छ।
दर्शकको सहभागितासँगै उत्साहित बनेका छौ कार्यक्रम संयोजक रविन गुरुङले
भने – बालबालिका र युवयुवतीले मेलालाई निकै रुचाएका छन्।

मेलामा २५ प्रकारका मःमको स्वादमा मःम पारखीहरु रमाईरहेका छन्।मेलामा
दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट र
डिजे सेसन आकर्षण बनेका छन्। यसपटक मेलामा फेसन वीक समेत गरिएका कारण
मेलामा छुट्टै रौनक थपिएको छ।

मेलामा २० स्टल मःमका मात्र रहेका छन्। मेलामा तिब्बत र दार्जिलिङबाट समेत
मःमका स्टल ल्याइएको छ। मःम बाहेक अन्य स्टल विभिन्न उत्पादन तथा व्यवसायीक
प्रायोजनका छन्।

मेलामा शनिवार लाइभ पप कन्सर्टतर्फ इस्क्राच र सुजन एण्ड व्याण्डको प्रस्तुती
रहेको थियो भने नवसाधना कला केन्द्रका अन्जली मगर, कविता मगर, श्वेता मगर,
विपना मगर, मनमाया तामाङ, सविना गुरुङ, कविता भुजेल, कुसुम गुरुङ, समर्पण
कोइराला र वर पिपल दोहोरी साँझका कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रम
प्रदर्शन गरेका थिए।

कमेन्टहरु
Loading...