मनाङ पोखरा कपको सेमिफाईनलमा

पोखरा ५ बैशाख /विश्वास श्रेष्ठलेको एक गोल मद्दतले पोखरामा जारी पाँचौ पोखरा कपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा भएको खेलमा झापा ११ लाई १—० ले हराउदै मनाङमस्र्याङदी क्लव अन्तिम चारमा पुगेको हो ।

मनाङ पोखरा कपको सेमिफाईनलमा
मनाङ पोखरा कपको सेमिफाईनलमा

खेलको अतिरिक्त समयमा विश्वास श्रेष्ठले गरेको एक मात्र गोल नै मनाङमस्र्याङदी क्लबले जित हासिल गर्न सफल भयो । बुद्ध चेम्जुङले हेड गर्दै डि एरिया बाहिर मिलाइदिएको पासलाई श्रेष्ठले गोलमा परिणत गरे । अन्तिम समयमा सम्हालिन नसक्दा झापा प्रतियोगिताबाट वाहिरियो ।

श्रेष्ठ आजको खेलको म्यान अफ दि म्याच घोषित भए । पोखरा कपमा दोस्रो र तेस्रो संस्करणको विजेता मनाङले फाईनल प्रवेशको लागि बैशाख ८ गते शसस्त्र प्रहरीको एपिएफ क्लबसँग खेल्नेछ । सोमबारको खेल आर्मी थ्री स्टार बिच हुने छ ।

कमेन्टहरु
Loading...