मिस तमुस्योले पाइन स्कुटर

पोखरा ११ चैत/नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीले आयोजना गरेको पियजियो मिस तमुस्यो नेपाल २०६९ को ताज जित्न सफल दोब्गा तमुले रवि अटोमोवाइल्सले प्रायोजन गरेको पियजियो कम्पनीको स्कुटर हात पारेका छन । आइतबार एक कार्यक्रमको आयोजना गरि रवि अटोमोवाइल्स प्राली नयाँबजारका प्रोप्राइटर टिका कुमारी तमुले विजेतालाई स्कुटर हस्तान्तरण गर्नुभएको हो । उहाँले मिस तमुस्यो नेपाल बन्न सफल दोब्गालाई बधाइ ज्ञापन गर्दै यस कार्यक्रमले नव पुस्ताहरुमा सँस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने दावी गर्नुभयो ।

स्कुटर ग्रहण गर्दै ताज पहिरिन सफल दोब्गाले विजेता बन्न सहयोग पु¥याएकोमा सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै आगामी दिनमा समाज सेवामा लाग्ने प्रतिवद्धता गर्नुभयो । मिस तमुस्योको शान मौलिक सँस्कृतिको पहिचान भन्ने मुल नाराका साथ चैत्त ८ गते सम्पन्न उक्त कार्यक्रममा रुपेन्देहीका अस्मिता तमु फष्ट रनर अप र रसुवा हाल तनहुँ का पारु तमु सेकेण्ड रनर अप हुनुभएको थियो ।

कमेन्टहरु
Loading...