फिलिपिल्सकी मेगन मिस वर्ल्ड, टप १० मा इशानी (नेपाली गितमा नाचे भिडियो सहित)

मिस वर्ल्डको उपाधि भने फिलिपिन्सकी सुन्दरी २३ वर्षीया मेगन योङले जितेकी छिन् । गत वर्षकी मिस वर्ल्ड वेन जिया यूले ३०१३ की विजेतालाई ताज पहिर्‍याइदिइन् । यस्तै फ्रान्सकी सुन्दरी मरिना फस्ट रनर अप र घानाकी सुन्दरी कारेन्जा सेकेन्ड रनर अप भइन् ।

मिस वर्ल्डको टप १० मा इशानी श्रेष्ठ

पोखरा, १२ असोज/इण्डोनेसियाको जकार्तामा भएको मिस वर्ल्ड २०१३ को अन्तिम प्रतिस्पर्धामा नेपालकी इसानी श्रेष्ठ टप टेनमा सम्म पुग्न सफल भएकी छन् । ‘ब्युटी वीथ पर्पोज’को टाइटल जितेसँगै टप १५ मा परेकी इसानी अन्य पाँचलाई पछि पार्दै टप १० मा पर्न सफल भएकी थिइन् ।
मिस वर्ल्डको प्रतियोगितामा नेपालले पाएको हालसम्मकै ठूलो सफलता हो । आयोजकले उनको नाम पाँचौं नम्बरमा बोलाएका थिए । उनले त्यस बेला २ सय ९० अंक प्राप्त गरि टप टेनमा प्रबेश गरेकी थिइन् । उत्कृष्ट १० मा पर्नुअघि उनले मेरो प्यारो माइतीघर बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन । त्यस मेरो प्यारो माइतीघरमा बोलको गीत बज्दा सबै प्रतियोगिहरुले नृत्य गरेका थिए । इशानी शीर्ष १० बाट आउट भएकी छन् ।
नेपाली गितमा नाचे भिडियो
http://www.youtube.com/watch?v=4th8Fxmx3sE

कमेन्टहरु
Loading...