माघमा मिस तामाङ्ग हुने

पोखरा, २२ कात्तिक । बैदाम तामाङ्ग समाजले २८५३ औं सोनाम ल्होछारको अवसरमा यस वर्ष पनि ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१७ को आयोजना गर्ने भएको छ । तामाङ्ग समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ्ग भेषभुषा, भाषा, संस्कार र संस्कृति प्रति युवाहरुको आकर्षण बढाउन र संस्कार संस्कृति युवाहरुमा हस्तान्तरण गर्ने उद्धेश्यले मिस तामाङ्ग पोखरा आयोजना गर्न लागिएको समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए ।

पहिलो संस्करणको मिस तामाङ्ग प्रतियोगिताको सफलताले हौसिएर दोस्रो संस्करणको कार्यक्रम गर्न लागेको तामाङ्गले बताए ।प्रतियोगिताका लागि पोखरामा उपलब्ध तामाङ्ग समुदाय, समाज र अभिभावकहरुलाई आह्वान गरिसकेको कार्यक्रम संयोजक जेसिका तामाङ्गले जानकारी दिईन् ।प्रतियोगीहरुलाई १ महिना सम्म तामाङ्ग भाषा सिकाइनुका साथै, तामाङ्ग जातीको परम्परा, रितीरिवाज, संस्कार र संस्कृतिका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका विषयमा तालिम प्रदान गरिने सह–संयोजक जयन्ती मोक्तानले बताईन् ।

माघमा मिस तामाङ्ग हुने
माघमा मिस तामाङ्ग हुने

माघ ८ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरु निमा रुम्वा, कुन्ती मोक्तान, मिलन लामा लगायतका कलाकारहरुको सांगितिक प्रस्तुतिका साथै तामाङ्ग सांस्कृतिक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक तामाङ्गले बताईन् । उक्त कार्यक्रमबाट बचेको रकम बैदाम तामाङ्ग समाजले ग्याजर्दी लेकसाइडमा निर्माणाधिन रेञ्छिन तेरजोट तामाङ्ग शान्ती गुम्बा निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।

 

कमेन्टहरु
Loading...